…अनि भ्याक्सिन खेर जाने भो !

कोरोना भाइरस देखा परेपछि कुनै पनि विज्ञ यस भाइरसप्रति अनभिज्ञ थिएनन् । विश्वका शक्तिशाली राष्ट्रका वैज्ञानिक, अनुसन्धानकर्ता भाइरसविरुद्धका भ्याक्सिनमा निकै समय रुमल्लिरहे । बिस्तारै भाइरसविरुद्धको भ्याक्सिनको सम्भाव्यता पत्ता लगाए । क्रमिक रूपमा नेपालमा पनि भ्याक्सिन भित्रियो, केही अनुदान प्राप्त भयो, केही खरिद प्रक्रियामै चलखेलसमेत भयो । आममानिसले भ्याक्सिन–भ्याक्सिन भन्दै गर्दा समयमा सहज र सरल रूपमा उपलब्ध हुन सकेन । भ्याक्सिन लगाउन आममानिसको हारालुछ अनि तँछाडमछाड चलिरह्यो । झिसमिसेमा लाइन बसी सन्ध्याकालीनसम्म पुग्दा पनि खोप लाउन नपाई फर्किनुप¥यो । सरकारले प्राथमिकताका आधारमा खोप वितरण ग¥यो, साधारण मानिसले सजिलै खोप पाउने आशा कम थियो । खोपकै विषयमा पहुँच अनि भनसुन, चलखेलसमेत सुरु भयो । यो अवस्थाबाट गुज्रिएको मुलुक अहिले त्यो अवस्था छैन । अहिले भण्डारणबाटै खोप हराउनेदेखि ‘खोप छ तर लगाउने मान्छे छैनन्’ सम्मको अवस्थामा आइपुगेका छौं ।
सरकारको भण्डारणबाटै खोपका मात्रा हराउँदै गएको विषयमा स्पष्टीकरण आउँदा नआउँदै भण्डारण भएका खोपको मात्रा खेर जाने अवस्थामा रहेको जानकारी सञ्चार माध्यमबाट थाहा पाउँदा हामी खोपका लागि कुन अवस्थाबाट गुज्रिएर आएका थियौं र अहिले कुन अवस्थामा आइपुग्यो भन्ने विषयमा गम्भीरता हुन जरुरी छ । आज सरकारको व्यवस्थापकीय कमजोरीका कारण कोरोना भाइरसविरुद्धको १० लाख डोजभन्दा बढी खोप खेर जाने अवस्थामा पुगेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति व्यवस्थापन महाशाखाको तथ्यांकअनुसार साउनको पहिलो साताभित्र कोभिसिल्ड प्रयोगमा ल्याउन नसके १० लाख ७९ मात्रा खोपको म्याद गुज्रिँदै छ । सरकारले कोभ्याक्स सुविधामार्फत मंसिरमा १८ लाख ७१ हजार र पुसमा १८ लाख ७० हजार कोभिसिल्ड खोप प्राप्त गरेको थियो । समयमा लगाउन नसक्दा सोही खोपमध्येको १० लाखभन्दा बढी खोप म्याद गुज्रिएर खेर जान लागेको अवस्थामा छ । त्यति मात्र होइन, हाम्रोमा मोडेर्नाको ६ हजार ७ सय भाइल खोप पनि खेर गएको छ ।
हामीकहाँ पूर्ण रूपमा खोपको मात्रा पूरा नगरेका धेरै जनसंख्या रहेको छ । सरकारले जनस्तरमा खोपको प्रभावकारिताका विषयमा बुझाउनै नसकेको मान्न सकिन्छ । आममानिसमा जनचेतनाका कार्य गर्नुपर्ने र खोपको प्रभावकारिताका विषयमा प्रस्ट्याउन नसक्दा करोडौंको खोप नाश हुँदै गर्दा हाम्रो व्यवस्थापन कत्तिको कमजोर रहेछ भन्ने स्पष्टता जनाउँछ । अनुदानमा आएकै भए पनि ती खोपको सरकारले सही व्यवस्थापन गर्न सक्नुपथ्र्यो । कुनै समय खोप नपाउँदाको क्षण, भण्डारणबाटै खोप हराएको अवस्था अनि भण्डारणमा रहेका खोपको म्याद गुज्रँदै गर्दा हाम्रो व्यवस्थापकीय अवस्था कस्तो रहेछ भन्ने आकलन गर्न गाह्रो पर्दैन । कुनै समय थियो, मानिस इच्छुक थिए तर भ्याक्सिनको पर्याप्तता थिएन । तर, अहिले भ्याक्सिन छ, मानिसमा चाहना छैन । यस कारण पनि हामीमा मौज्दात मात्र रह्यो, उपयोगिता हुन सकेन । परिणाममा खोप खेर जाने अवस्था आयो । यो हुनुमा भाइरसको प्रभाव कम हुँदै गएकोलाई पनि मान्न सकिन्छ । अझै पनि कोरोनाको प्रभाव शून्य भएको छैन, फैलावट कायमै छ । स्वास्थ्य मापदण्ड कायम गर्नुपर्ने अवस्था छ भने संक्रमितको संख्या पनि बढ्दो क्रममा छ । यसकारण खोपको अनिवार्यता छ ।