जोखिममा रहेका श्रमिकलाई उच्च प्राथमिकता : मन्त्री कुँवर

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले जोखिम क्षेत्रमा काम गर्ने श्रमिकले उठाएका मागलाई सम्बोधन गर्ने गरी काम गर्ने प्रतिब्धता जनाएका छन् ।
नेपाल इलेक्ट्रिसियन संघको कार्यक्रममा उनले इलेक्ट्रिसियन क्षेत्र धेरै जोखिम हुने क्षेत्र भएकाले त्यहाँका श्रमिकलाई साम्बोधन हुने गरी काम गर्ने बताएका हुन् । उनले आफू सधैं श्रमिकको न्यायको पक्षमा भएकाले उनीहरुका समस्या, पिडा र सुरक्षाका लागि सधै तयार रहेको बताए । उनले प्राविधिक सीप बोकेर सधै विद्युतसँग लुकामारी गर्ने जोखिमयुक्त काम भएकाले इलेक्ट्रिसियन क्षेत्रमा काम गर्ने कामदारको हितमा लाग्ने बताए । उनीहरुका मागलाई पनि उच्च प्राथमिकतामा राखेर काम गर्ने मन्त्री कुँवरको भनाइ छ ।
इलेक्ट्रिसियन क्षेत्रमा काम गर्ने व्यक्तिहरुको प्रतिष्ठा समाजमा जुन रुपमा पुग्नु पर्ने हो सो नभएको भन्दै श्रममन्त्रीले आफूले समाजले गर्ने व्यवहार परिवर्तनका लागि पनि पहल गर्ने जनाए । २०६४ सालमा स्थापना भएको संघले स्वदेश तथा विदेशमा काम गर्ने सम्पूर्ण इलेक्ट्रिसियनलाई सहयोग तथा तालिमको व्यवस्था गर्दै आएको छ ।