नेपाल–चीन लगानी सम्मेलनका लागि सहयोग गर्न महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल चीन लगानी सम्मेलन गर्ने योजनामा महासंघ रहेकाले वेइजिस्थित नेपाली दूतावासले यसमा सहयोग गर्न आग्रह गरेका छन् ।
कार्यवाहक अध्यक्ष ढकाल र चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णु पुकार श्रेष्ठबीच बिहीबार महासंघ सचिवालयमा भएको भेटवार्तामा उनले महसंघलाई सहयोगग गर्न आग्रह गरे ।
“महासंघले सम्मेलनलाई प्रमुख प्राथमिकतामा राखी आयोजना गर्न चाहेकाले त्यहाँ रहेर आवश्यक सहयोग गरिदिने कार्यमा राजदूतबाट नेतृत्वदायी भूमिकाको हामीले अपेक्षा गरेका छौं” कार्यवाहक अध्यक्ष ढकालले भने ।
नेपालमा चिनियाँ लगानी प्रवद्र्घन गर्न आवश्यक रहेकामा पनि उनको विशेष जोड थियो । कोभिडपछि आएको विश्वव्यापी मन्दीको परिवेशमा नेपालको बैंकिङ प्रणालीमा टेवा पु¥याउन पनि चिनियाँ लगानी ल्याउने कार्यमा कुटनीति सक्रिय रुपमा लाग्न उनले सुझाव दिए । ढकालले नेपाली वस्तुहरुको चीनमा निर्यात प्रवद्र्धन गर्ने कार्यमा र नेपालमा चिनियाँ पर्यटन बढाउन दूतावासको सहयोगको अपेक्षा निजी क्षेत्रले गरेको बताए ।
उनले महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनियाँ परिषदबीच प्रगाढ सम्बन्धलाई थप उपलब्धिमूलक बनाउनुपर्नेमा पनि जोड दिए । महासंघ सहसभापति रहेको दुवै देशका सरकारको सहयोगमा सन १९९६ मा स्थापित नेपाल चीन गैरसरकारी सहयोग मञ्चमार्फतबाट समेत दुई देशबीच आर्थिक व्यापारिक सम्बन्ध विस्तार, लगानी, प्रविधि, शीप आकर्षणमा सहकार्य गर्न महासंघ तयार रहेको र त्यसमा हाम्रो कुटनीतिक तवरबाट पनि सहयोग हुनुुपर्नेमा उनको जोड थियो ।
राजदूत श्रेष्ठले महासंघसँगको भेटघाट उपलव्धीमुलक भएको बताए । उनले भेटवार्ताका क्रममा महासंघबाट आएका सुुझावलाई आफूले प्राथमिकताका साथ अगाडि लैजाने प्रतिवद्धता जनाए ।
उनले कृषि क्षेत्रको विकासको लागि सहकार्य गर्न चिनियाँ प्रविधि तथा लगानी भित्र्याउनुका साथै अनुसन्धानमा सहकार्य गर्ने आफ्नो प्राथमिकताको एक पक्ष रहेको पनि सुुनाए । साथै उनले नेपाली वस्तुको माग रहेका चीनका लक्षित प्रान्त एवं बजारसँग आर्थिक व्यावसायिक सम्बन्ध गास्ने रणनीतिसहित नेपाली निर्यात चीनमा बढाउने आफ्नो योजना रहेको उनले बताए ।