Logo

कर्जाले व्यापार घाटा बढायो

बैंक वित्तीय संस्थाले प्रवाह गरेको कर्जाले व्यापार घाटा बढाएको एक अध्ययनले जनाएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीवीफीन) ले त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागसँगको सहकार्यमा गरेको अध्ययन प्रतिवेदनका अनुसार व्यापार घाटा बढ्नुको प्रमुख कारण रेमिट्यान्स र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा हो । रेमिट्यान्सले बैंकमा निक्षेप बढाएको र बैंकले कर्जा लगानीको हिसाबले व्यापार घाटा बढाएको अध्ययनले देखाएको छ ।
व्यापार घाटाको सम्बन्ध रेमिट्यान्ससँग ७५ प्रतिशत, बंैकको कर्जामा ८५ प्रतिशत र निक्षेप र रेमिट्यान्सको अन्तरसम्बन्ध ८३ प्रतिशत रहेको जनाउँदै त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्राध्यापक डा. रमेश पौडेलले रेमिट्यान्सलाई लामो समयसम्म होल्ड गर्न र बैंकहरुको कर्जा लगानी गर्ने क्षेत्र छुट्याउनु पर्ने देखिएको बताए । उनले अध्ययन गर्दा नेपालको उत्पादन क्षेत्रमा सन् १९९६ सम्म उच्च वृद्धि देखिएको तर त्यसपछिको १० वर्षे जनयुद्धका कारण लगानीकर्ताहरुले उद्योगमा भन्दा सेवा क्षेत्रमा बढी प्राथमिकता दिएको पनि बताए ।
त्यस्तै, नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले नेपालको अर्थतन्त्र तत्काल श्रीलंकाको अवस्थामा नपुग्ने दाबी गर्दै विगतमा आर्थिक गतिविधि ठप्प हुँदा समेत तलमाथि नभएको अर्थतन्त्र भएकाले तत्काल डराउनु पर्ने अवस्था नभएको बताए । नेपालले १० वर्षे जनयुद्ध, भूकम्प, नाकाबन्दी र कोभिड समेत भोगेर आएको तथा हाल अर्थतन्त्र तँग्रिदै गएकाले अब नीतिहरु परिमार्जन हुनुपर्नेमा भने उनले जोड दिए ।
बैंकहरुले घरेलु तथा साना उद्योगमा लगानी बढाउनुपर्ने सुझाव दिँदै उनले राज्यले पनि साना तथा मझौला उद्योगमा लगानी गर्दा सुरक्षा खोज्न नहुने बताए । सीवीफीनले नेपालका १० मौलिक वस्तुको उत्पादन र निर्यात गर्न सक्ने सम्भावनाको अध्ययन गर्ने तयारी गरेको जानकारी पनि उनले दिए ।
अनुत्पादक वा कम उत्पादक क्षेत्रमा प्रवाह हुने ऋणभन्दा उत्पादनजन्य उद्योगहरूमा प्रवाह हुने ऋणको ब्याजदरमा ४ प्रतिशत कम गरी उपलब्ध गराउन पनि सीवीफीनले सुझाव दिएको छ । सोही अवसरमा सीवीफीनले आगामी मौद्रिक नीतिमा बैंकको सीडी रेसियो ९५ प्रतिशत पु¥याउनुपर्ने सुझाव पनि दिएको छ । मौद्रिक नीतिमा तीन वटा माग प्रमुख रुपमा उठाउँदै सीवीफीनले बैंकको सिडि रेसियो ५ प्रतिशत बढाउने र उत्पादनमूलक क्षेत्रमा कर्जा बिस्तार गर्ने वा पुरानै सिसिडी रेसियो कायम गर्नुपर्ने, उद्योग र आयात कर्जाको ब्याजदर फरक–फरक बनाउनुपर्ने र रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगानी वा सञ्चितिमा लैजानुपर्ने सुझाव दिएको छ ।
मौद्रिक नीतिमा उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्नका लागि प्रोत्साहनसहित आवश्यक नीतिगत व्यवस्था गर्न राष्ट्र बैैंकलाई सुझाव दिँदै सीवीफीनका अध्यक्ष पवन गोल्यानले विदेशबाट आउने रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगानी र सञ्चितिमा ल्याउनुपर्ने बताए ।
घरेलु तथा साना उद्यमी तथा उत्पादनमूलक क्षेत्रमा कर्जा नगए नेपाल अझै बढी आयातमुखी हुने भन्दै उनले साउन महिनापछि सिडी रेसियो ९५ प्रतिशत नबनाए बैंकहरुलाई समस्या पर्ने दाबी पनि गरे । सरकारदेखि नीति निर्माता एवं बैंकहरु सबैले गल्ति गरेकाले अब सबै मिलेर अर्थतन्त्र सुधार गर्नुपर्ने पनि उनले बताए ।
सरकार राजस्व आउँदा खुशी हुने अनि बैंक कर्जा विस्तार गर्न पाउँदा खुसी हुने भन्दै उनले अर्थतन्त्र सुधार गर्न साना तथा मौलिक उत्पादनलाई प्राथमिकता दिनुपर्ने राय दिए । नेपालको मौलिक अल्लो अहिले गोरु बाँध्न प्रयोग भएको भन्दै त्यसलाई प्रशोधन गरेर निर्यात गर्न सके अर्बौंको विदेशी मुद्रा नेपालमा आउने उनको भनाइ थियो ।

सुझाव

ड्ड स्थानीय निकायको रकमलाई शतप्रतिशत निक्षेप गणना गर्न दिने व्यवस्थाले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न मद्दत पुग्ने
ड्ड अनावश्यक र विलासिताका वस्तु आयातमा गरिएको कडाइलाई थप निरन्तरता दिँदै निर्यात प्रवद्र्धन गर्न उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने
ड्ड रेमिट्यान्स आप्रवाहमा विशेष व्यवस्थापन गरेर निश्चित हिस्सालाई बचत गर्न आकर्षित योजनाहरु ल्याउने
ड्ड रेमिट्यान्समा विशेष ब्याजदर उपलब्ध गराउने
ड्ड बिमामा विशेष सुविधा उपलब्ध गराउने र सामाजिक सुरक्षा कोषमा सहभागी गराउने
ड्ड नेपालमा फर्केर उद्योग सञ्चालन गर्न चाहेमा क्षमता विश्लेषण गरी बचत गरेको रकमको दश गुणासम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने
ड्ड विदेशका कार्यरत श्रमितलाई आईपीओमा आरक्षणको व्यवस्था गर्ने
ड्ड गैरआवासीय नेपालीहरुका लागि आकर्षक बचत र उत्पादनजन्य उद्योगमा लगानी गर्न विशेष योजना लागू गर्ने
ड्ड मौजुदा सीडी रेसियोलाई ९५ प्रतिशत पु¥याई उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्नका लागि प्रोत्साहनसहित आवश्यक नीतिगत व्यवस्था गर्ने
ड्ड बैंक तथा वित्तीय संस्थाहरुले आर्जन गरेको मुनाफा वितरणको निक्र्यौल गर्ने अधिकार पूर्व व्यवस्थाअनुरुप नै सम्बन्धित संस्थाहरुलाई दिने

प्रतिक्रिया दिनुहोस्