शिवम् सिमेन्टद्वारा मृत्यु बिमा बापतको रकम हस्तान्तरण

शिवम् सिमेन्ट लिमिटेडले देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरूबाट माग दाबी भएअनुसार मृत्यु बिमासहित दुर्घटना जोखिम बिमा बापतको रहकहरू हस्तान्तरण गरेको छ । शिवमले ५ लाख बराबरको मृत्यु बिमासहित दुर्घटना जोखिम बिमा बापतको रकमहरू हस्तान्तरण गरेको हो ।
शिवम् सिमेन्टले विभिन्न चरणमा आफ्नो बिक्री क्षेत्रअन्तर्गत संखुवासभा, सुनसरी, मोरङ, ओखलढुंगा सिराहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, वारा, पर्सा, रौतहट, गोरखा, तनहु, बाग्लुङ, बेनी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर तथा भक्तपुर लगाएतका जिल्लाहरूका निर्माणकर्मीहरूको ५ लाख रुपैयाँ बराबरको जोखिम बिमा गराएको छ ।
तीन हजारभन्दा बढी निर्माणकर्मीहरूले जोखिम बिमा माग दाबी वापतको रकम बिमा कम्पनीसँग समन्वय गरी उनीहरूको घरमा गएर शिवम सिमेन्टका कम्पनी प्रतिनिधिहरूले हस्तान्तरण गरेको शिवम् सिमेन्टले जनाएको छ ।
दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरू हरेक दिन जोखिमपूर्ण कार्यहरू गर्दै आइरहेका हुन्छन् उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरूको लागि निःशुल्क दुर्घटना बिमा योजना ल्याएको शिवमले जनाएको छ ।