नियमावलीको १२औं संशोधन

सरकारले सार्वजनिक खरिद नियमावली २०६४ को १२औं संशोधन गर्दै रुग्न रहेका आयोजनाको म्याद १ वर्ष थप गरेको छ ।
सरकारले पछिल्लो साढे ३ महिनामा नै नियमावली पुनः संशोधन गरेको छ । गत वर्ष पनि कोभिड–१९ का कारण रुग्न आयोजनाको म्याद सरकारले १ वर्ष थप गरेको थियो । सो थप गरेको म्याद यही असार मसान्तसम्ममा सकिन लागे पछि निर्माण व्यवसायीहरूले सरकारलाई दबाब दिँदै आएका थिए । म्याद थपपछि आयोजनको म्याद आगामि ०८० को असार सम्म कायम भएको छ ।
सरकारले सार्वजनिक खरिद नियमावली २०६४ को ११औं संशोधन भने ०७८ चैत ३ मा गरेको थियो ।
मन्त्रिपरिषद्ले संशोधन गरेको सार्वजनिक खरिद नियमावलीको २०६४ को १२औं संशोधन सोमबार राजपत्रमा प्रकाशित भएको गरिएको छ ।
साथै १२ संशोधित नियमावलीले ५ अर्ब रुपैयाँसम्मको ठेक्कामा नेपाली ठेक्दारले कम्पनीले प्राप्त गर्ने बाटो पनि खोलिदिएको छ । यसअघि ३ अर्ब रुपैयाँसम्मको ठेक्कामा नेपाली निर्माण व्यवसायीले मात्र सहभागिता जनाउन पाउने गरी ११औं नियमावलीको संसोधन भएको थियो । त्यसअघि नेपाली निर्माण कम्पनीले १ अर्बको मात्र ठेक्का प्रकृयामा भाग लिन पाउने कानुनी व्यस्था थियो ।