Logo

पर्यटन क्षेत्रको विकासमा सञ्चारको महत्वपूर्ण भूमिका : मन्त्री चौधरी

लुम्बिनी प्रदेशका ग्रामीण तथा सहरी विकासमन्त्री डिल्ली चौधरीले लुम्बिनी प्रदेशमा पर्यटन क्षेत्रको विकासका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताएका छन् । बाहिर आउन नसक्ने पर्यटकीय क्षेत्रहरूका बारेमा सञ्चार क्षेत्रले बाहिर ल्याइदिएमा त्यस क्षेत्रको विकास हुने उनको भनाइ रहेको थियो । लुम्बिनी पर्यटन विकासपरिषद्, पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालयले दाङको तुलसीपुरमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । लुम्बिनी प्रदेश पर्यटन क्षेत्रमा धेरै संभावना बोकेको क्षेत्र रहेको उनले बताए । हिमालदेखि तराईसम्मका भगवान गौतम बुद्धको जन्म स्थल, रुकुमको हिमालदेखि बर्दियामा राष्ट्रिय निकुन्जलगायतका क्षेत्र पर्यटनको रोजाइ बन्ने स्थल रहेको उनको भनाइ रहेको थियो । ‘नेचर, कल्चर र धार्मिक क्षेत्रको माध्यमबाट यस क्षेत्रमा पर्यटनको विकास गर्न सकिन्छ’, मन्त्री चौधरीले भने । प्रदेशका बहुभाषिक बहुजाति, बहुसांस्कृतिका नागरिकहरूको बसोबास रहेको समेत मन्त्री चौधरीले बताए । संभावनाहरूको सदुपयोग गरेर अगाडि बढ्नु पर्ने बताए । यसले यस क्षेत्रको विकासमा सहयोग पुग्ने उनको भनाइ रहेको छ । प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासमा धेरै काम गरिरहेको बताए । ‘प्रदेश सरकार पर्यटन क्षेत्रको विकासका लागि सबै क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको छ’, मन्त्री चौधरीले भने । निजी क्षेत्र तथा सञ्चार क्षेत्रलाई सहयोग गर्नसमेत आग्रह गरे । हरेक जिल्लामा पर्यटन प्रवद्र्धन गर्नका लागि फरक–फरक हव बनाएर अगाडि बढ्नेसमेत बताए ।
दाङ, बाँके र बर्दियालाई थारु क्षेत्रको हव बनाइने उनले बताए । थारु जातिको सांस्कृतिक पहिचान, भेषभूषा, बाजागाजालगायतको संरक्षण प्रवद्र्धन गर्न लागेको मन्त्री चौधरीको भनाइ रहेको थियो । आगामी भदौदेखि नै दाङ, बाँके, रोल्पा र पाल्पाका मगर, थारु, नेवारलगायत जातजातिको रैथाने रक्सीहरूको ब्रान्डिङ गर्ने बताए । साथै उक्त रक्सीलाई ब्रान्डिङ गरी एक लाख युवाहरूलाई रोजगारी सिर्जना हुने मन्त्री चौधरीको भनाइ रहेको छ ।
त्यस्तै बादी समुदायका लोपउन्मुख प्रचलित बाजा गाजालाई पनि पर्यटन मन्त्रालयले संरक्षण र प्रवद्र्धन गरिने बताए । ‘प्रदेशमा एक वर्षमा ५ देखि १० करोड पर्यटक भित्र्याउने लक्ष्य रहेको छ’, मन्त्री चौधरीले भने । थारु, मगर, नेवार लगायतका जातजातिहरूको चार्डपर्व, खानपान, मौलिक नाँचको ‘सिजनल क्यालेन्डर’ नै बनाएर राख्नु पर्नेसमेत बताए ।
संस्कृति विद् डा. गोविन्द आचार्यले जिल्लामा रहेका धार्मिक तथा प्राकृति पर्यटन क्षेत्रहरूका बारेमा गहिराइमा पुगेर अध्ययन हुनुपर्ने बताए । यसले त्यसका बारेमा वाहिर प्रचार प्रसार गरेर पर्यटक भिœयाउन सहज हुने बताए । ‘जिल्लामा प्याराग्लाडिङ तथा ¥याफ्टिङको राम्रो संभावना रहेको छ यसलाई अगाडि बढाउन सक्नु पर्छ,’ उनले भने । यसले पर्यटनको विकासमा सहयोग पुग्छ । स्थानीय सरकारहरूले पर्यटन तथा संस्कृतिका क्षेत्रमा प्राथमिक्ता दिन नसेको बताए । दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीले पर्यटन प्रवद्र्धन गर्न नयाँ पन हुनुपर्ने बताए । ‘पर्यटन आकर्षण गर्न नया पन दिन सक्नुपर्छ’, उनले भने । जिल्लामा रहेका ऐतिहासिक क्षेत्रका बारेमा जानकारी दिन सक्नुपर्नेसमेत उनले बताए । तुलसीपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मिनराज भण्डारीले पर्यटनलाई सहज आगमनका लागि हवाई यातायात नियमित हुनुपर्ने बताए । यसका लागि तुलसीपुरमा रहेको एरपोर्टको विस्तार हुनुपर्ने बताए । हवाई सेवा नहुँदा सहज रूपमा पर्यटकहरू जिल्लामा आउन नसकेको उनले बताए । होटल एसोसिएसन संघ दाङका अध्यक्ष नरेशकुमार श्रेष्ठले अहिले जिल्लामा पर्यटन क्षेत्रको अवस्था दयनी रहेको बताए । पर्यटन क्षेत्रको विकासका लागि राज्यले सहयोग गर्नु पर्ने उनको भनाइ रहेको थियो । पर्यटन भित्याउन पुर्वाधार विकासमा ध्यान दिन सक्नु पर्ने समेत उनले बताए । नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष सन्तोष सुवेदीले यस क्षेत्रमा रहेका स्रोत साधानको उपयोग गरेर अगाडि बढ्नु पर्ने बताए । यसका लागि सबै क्षेत्रबीच समन्वय हुनुपर्नेसमेत उनको भनाइ रहेको थियो । सञ्चार क्षेत्रले आफनो क्षेत्रबाट पर्यटन प्रवद्र्धनका लागि काम गर्ने समेत उनले बताए । राज्यले निजी क्षेत्रलाइ लगानी गर्ने वातावरण बनाउनुपर्ने बताए । यसले पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने समेत बताए । पत्रकार सुशील बस्नेतले सञ्चार क्षेत्रको प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । मिडियाको प्रवद्र्धन भएमा रहेको क्षेत्रको विकासका लागि मिडियाले भूमिका खेल्ने उनको भनाइ रहेको थियो । तुलसीपुर होटल व्यावसायी समितीका अध्यक्ष इन्द्रवहादुर बस्नेतले राज्यले होटल व्यवसायीहरूलाई प्रशिक्षण दिन आवश्यक रहेको बताए । यसले उनीहरूले गर्ने व्यवहारमा समेत परिवर्तन हुने उनको भनाइ रहेको थियो । कार्यक्रममा प्रदेशमा पर्यटन क्षेत्रमा गरिएका कार्यहरूका बारेमा प्रदेश पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक राम जोसीले जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्