हाम्रो अहिलेको निर्वाहमुखी वन व्यवस्थापनबाट वनको उच्चतम सदुपयोग हुन सकेको छैन र दिगो रूपमा वन व्यवस्थापन पनि हुन सकिरहेको छैन ।
नेपालमा वन व्यवस्थापनका प्रयास र चुनौती

वनसम्पदाको भूमिका विश्वव्यापी रूपमा दिनप्रतिदिन बढिरहेको छ । वनक्षेत्रबाट उपलब्ध हुने वस्तु र सेवाहरू प्रत्यक्ष र परोक्ष रूपमा सम्पूर्ण जीवहरूले प्राप्त गरिरहेका छन् । काठ, दाउरा, स्याउला, सोतर, जडीबुटीदेखि औद्योगिक कच्चा पदार्थ, पर्यापर्यटन, जलाधार संरक्षण, जैविक विविधताको भण्डार मात्र नभएर कार्बन सञ्चितिका लागि पनि वनको संरक्षण, संवद्र्धन र दिगो उपयोग आवश्यक छ । वन समग्र जीवन र जगत्को क्रियाकलापसँग ज्यादै नजिकबाट गाँसिएको छ । तर पनि विकासक्रम तथा आधुनिकीकरणको नाममा प्रकृतिको अनियन्त्रित दोहनका साथसाथै वन व्यवस्थापनका विभिन्न अभ्यासहरू हुँदै गएको देखिन्छ । नेपालको वनक्षेत्रको संरक्षण अनि संवद्र्धनको अवस्था झन्–झन् जटिल बन्दै गइरहेको देखिएको छ । वनक्षेत्रको विनाशका कारण सिर्जित समस्याको प्रत्यक्ष सामना गर्नुपरेको अवस्था छिपेको छैन ।
वनक्षेत्रको विनाश हुँदा त्यसबाट पर्न जाने विभिन्न समस्या र त्यसबाट भविष्यमा सिर्जना हुन सक्ने जोखिमपूर्ण अवस्थाप्रति सचेत रहँदै वन तथा भू–संरक्षण विभागमार्पmत वनक्षेत्रको संरक्षण र संवद्र्धन गर्नेतर्पm आम जनमानसमा चेतना जागृत गराउने तथा वन व्यवस्थापनसंवन्धी रणनीति, नीति तथा कार्यनीति तर्जुमा र कार्यान्वयनमा सहजीकरण गर्नेलगायतका कार्यहरू भएका छन्, जसले गर्दा देशका विभिन्न स्थानमा समुदायस्तरमा वनको संरक्षणतर्पm देखिएका सक्रियताले केही आशा जगाएको छ । लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्ला, बुद्धभूमि नगरपालिका वडा नं. २ मा अवस्थित तिलौराकोट साझेदारी वन व्यवस्थापन कार्यक्रम कार्यान्वयन गरिएको थियो । वन संवद्र्धन प्रणालीमा आधारित सिल्भिकल्चर अपरेसनको सुरुवात गरेको तिलौराकोट साझेदारी वन व्यवस्थापन कार्यक्रम नेपालमै पहिलो पटक कार्यान्वयन गरिएको हो । २०६८ सालमा यहाँ सुरु गरिएको यो कार्यक्रमस्थल देशैभरिका लागि वन विज्ञानको क्षेत्रमा अध्ययन गर्नेका लागि एउटा अध्ययन स्थल बनेको थियो । वन विज्ञान अध्ययन संस्थानका विद्यार्थीहरू पहिला भारतमा गएर प्रयोगात्मक कक्षा लिने गर्थे । जुन बेलादेखि यो साझेदारी वन व्यवस्थापनबाट वैज्ञानिक वन व्यवस्थापनको हिसाबले, वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम त्यति बेला नलेखिए तापनि सिल्भिकल्चर हिसाबले काम गरियो । तर पछि २०७१ सालमा कार्यविधि आएपछि वैज्ञानिक वनको रूपमा यसको बढी प्रचारप्रसार भएको हुनाले वैज्ञानिक हिसाबले काम गरियो, जुन वैज्ञानिक विधि अपनाइयो, त्यसको कपि गर्नका लागि देशभरिका रिसर्चमा आबद्ध विभिन्न जिल्लाका अनुगमन टोलीहरू नियमति रूपमा वर्षमा पूरै आउने गर्छन् र सिकाइको थलोका रूपमा यो विकसित भएको छ ।
हाम्रो वनक्षेत्रमा संवद्र्धन प्रणालीका आधारमा वन व्यवस्थापन नभएको कारणबाट बूढा र वृद्धिदर कम भएका रूखहरू धेरै मात्रामा रहेका छन् । यसबाट वन पैदावारको उत्पादनमा कमी, राजस्व आर्जनमा कमीका साथै वनको गुणस्तरमा समेत कम हुन गई कार्बन सञ्चितिमा समेत प्रतिकूल प्रभाव पर्न गएको छ । हाम्रा वन क्षेत्रहरूबाट उत्पादन र उत्पादकत्व बढाउनका लागि वैज्ञानिक वन व्यवस्थापन गर्नुबाहेक अर्को विकल्प छैन । तिलौराकोट साझेदारी वन व्यवस्थापन कार्यक्रमबाट हासिल भएका सबल पक्षलाई आत्मसात् गर्दै देशका अन्य भूभागमा पनि सोही प्रकारको वन व्यवस्थापन कार्यक्रम कार्यान्वयन गर्दै अगाडि बढ्नु नै आजको टड्कारो आवश्यकता रहेको छ ।
नेपालमा वनजंगलको दिगो व्यवस्थापन गरी स्थानीय तथा राष्ट्रि«य अर्थतन्त्रमा टेवा पु¥याउने, गरिबी न्यूनीकरणमा योगदान पु¥याउने, वातावरणीय सन्तुलन कायम राख्ने र स्थानीय तथा राष्ट्रिय रूपमा बढ्दो वन पैदावारको मागलाई दिगो रूपमा आपूर्ति गराउने तथा विदेशबाट हुने काठको आयात प्रतिस्थापन गर्नका लागि वन व्यवस्थापन अपरिहार्य छ । राष्ट्रि«य वन नीति– २०७५, चौधौं त्रिवर्षीय योजना, पन्ध्रौं योजनाको आधारपत्र, वनक्षेत्रको रणनीति– २०७३ समेतमा वनको दिगो व्यवस्थापनबाट वन क्षेत्रको उत्पादकत्व र वन पैदावारको उत्पादन बढाई वन पैदावारको आन्तरिक माग परिपूर्ति गरी निकासी प्रवद्र्धन गर्न सकिने बेहोरा उल्लेख भएको छ । नेपालमा आ.व. २०६७÷६८ देखि वन संवद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन पद्धति अवलम्बन गरिँदै आएको छ । साझेदारी वनबाट सुरु भएको यो पद्धति हाल सामुदायिक तथा चक्ला वनमा समेत अवलम्बन गरिँदै आएको छ । करिब ७६ हजार हेक्टर क्षेत्रफलमा ३० साझेदारी वनबाट ८ लाख ६४ हजार १५ घरधुरी लाभान्वित भएका छन् । नेपालमा सन् १९६० को दशकबाट नै वन कार्ययोजना तयार गरी तराईका जिल्लाहरूमा वन व्यवस्थापन गर्ने जमर्को गरिएको थियो । विविध कारणले गर्दा ती वन कार्ययोजना सफलताका साथ कार्यान्वयन हुन सकेनन् ।
वन संवद्र्धन प्रणाली
वन संवद्र्धन प्रणाली अवलम्बन गर्नु भनेको वनमा रहेका परिपक्व रूखहरूलाई हटाउने, बाक्लो भएको ठाँउमा बाङ्गाटिङ्गा बिरुवा हटाई उच्च गुणस्तरको बिरुवालाई बढ्ने मौका दिनु हो । यसो गर्दा सम्पूर्ण वनको गुणस्तर बढाई उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ । वन संवद्र्धन प्रणालीको कार्यान्वयनबाट वनको उत्पादन क्षमताबमोजम निरन्तर रूपमा वन पैदावारको उत्पादनलाई निरन्तरता दिन सकिन्छ ।
पहाडमा रहेका सामुदायिक वनहरूमा बूढा रूख एवम् धेरै बाक्ला रूखहरू रहेका छन् । त्यस्ता वनक्षेत्रहरूमा आवश्यकताअनुरूप वन संवद्र्धन पद्धति अपनाई बूढा रूख हटाउने, बाक्लो भएको ठाउँमा पातल्याउने र हाँगाबिँगा छिमली वनको व्यवस्थापन गर्नु जरुरी देखिन्छ । सक्रिय वन व्यवस्थापनको अभावमा एउटै ठुटाबाट ५–६ वटा मुना आउने भएको हुँदा वन झाडी, बुट्यानमा परिणत हुने अवस्थामा छन् ।
नेपालमा आदि÷अनादि कालदेखि नै वनजंगल प्रचुर मात्रामा रहेको थियो । तर, वनक्षेत्रको स्रोत वैज्ञानिक ढंगले विश्लेषण गर्ने हो भने सन् १९६४ भन्दा पहिले वनको क्षेत्रफल केकति थियो, यकिन तथ्यांक पाइँदैन । तथापि सन् १९६४ मा फरेस्ट रिसोर्सेज सर्भे कार्यालयले लिएको हवाई चित्रको प्रयोग गर्दा तराई तथा भित्री मधेसमा १६ लाख ५१ हजार ३ सय १२ हेक्टर (५२.६ प्रतिशत) वन क्षेत्र रहेको पाइन्छ ।
वन व्यवस्थापनको दीर्घकालीन लक्ष्य
दिगो वन व्यवस्थापन हुन नसके जैविक विविधताको ह्रास हुने, जलवायु परिवर्तनको असर बढ्ने, विकास र वातावरणबीचको सन्तुलन बिग्रने उल्लेख गर्दै नेपालकोे वन क्षेत्रलाई दिगो रूपमा व्यवस्थापन गरी समाजिक, जैविक, आर्थिक र वातावरणीय लाभ लिन पहिलो स्तम्भ ज्यादै महŒवपूर्ण रहेको महसुस गरिएको छ । हाल नेपालमा केही सामुदायिक वन, केही वृक्षारोपण क्षेत्र र केही मात्र साझेदारी तथा राष्ट्रिय वनबाहेक अधिकांश वनमा दिगो वन व्यवस्थापनको अवधारणाअनुसारका क्रियाकलाप सञ्चालन हुन नसकेकाले अबका दिनमा दिगो वन व्यवस्थापनका लागि विशेष जोड दिनुपर्ने देखिएको छ ।
हाम्रो अहिलेको निर्वाहमुखी वन व्यवस्थापनबाट वनको उच्चतम सदुपयोग हुन सकेको छैन र दिगो रूपमा वन व्यवस्थापन पनि हुन सकिरहेको छैन । यसबाट वन पैदावारको उत्पादनमा कमी, राजस्व आर्जनमा कमीका साथै वनको गुणस्तरमा समेत कम हुन गई कार्बन सञ्चितिमा समेत प्रतिकूल प्रभाव पर्न गएको छ । हाम्रा वन क्षेत्रहरूबाट उत्पादन र उत्पादकत्व बढाउनका लागि वैज्ञानिक वन व्यवस्थापन गर्नु बाहेक अर्को विकल्प छैन । कार्यान्वयन तहमा देखिएका कमी–कमजोरीहरूलाई समयानुकूल रूपमा सुधार गर्दै अगाडि बढ्नुपर्छ ।
वन व्यवस्थापनको दीर्घकालीन लक्ष्य सतत् रूपमा वन पैदावार र वनबाट प्राप्त हुने सेवाको निरन्तरताको सुनिश्चितता रहको र यसलाई दिगो वन व्यवस्थापन भन्न सकिन्छ । त्यसैले दिगो वन व्यवस्थापनका लागि नाँप–जाँचलगायत वन संवद्र्धन प्रणालीमा आधारित वैज्ञानिक विधि प्रयोग गरिने हुँदा वैज्ञानिक वन व्यवस्थापनको माध्यमबाट मात्र दिगो वन व्यवस्थापनमा पुग्न सकिन्छ ।