बिमितको मृत्युदर तालिका सम्बन्धी अन्तरक्रिया «

बिमितको मृत्युदर तालिका सम्बन्धी अन्तरक्रिया

बिमा समितिले जीवन बिमालेखसँग सम्बन्धित नेपाली बिमितको मृत्युदर तालिका सम्बन्धी अन्तरक्रिया गरेको छ ।
२०६६ सालमा तयार भई हाल कार्यान्वयनमा रहेको नेपाली बिमितको मृत्युदर तालिका, २०६६ लाई समयसापेक्ष अद्यावधिक गर्ने उद्देश्यले गरिएको प्रारम्भिक अध्ययनका बारेमा छलफल गरी सुझावहरु लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले २०६६ सालमा बिमितको मृत्युदर तालिका तयारी भई कार्यान्वयनमा रहेको र यस अवधिमा दुई पटक राष्ट्रिय जनगणना समेत भई औषत मृत्युदर सम्बन्धी तथ्याङ्क सार्वजनिक भइसकेको सन्दर्भमा बिमितको मृत्यु्दर तालिकालाई समयसापेक्ष परिमार्जन गर्नु आवश्यक रहेको बताए ।

अध्यक्ष सिलवालले बिमाप्रतिको विश्वास बढाउँदै बिमा व्यवसायलाई विस्तार गर्न र बिमितको हितको रक्षा गर्न समेत यस किसिमका अध्ययन आवश्यक रहेको उल्लेख गर्दै बिमितको मृत्युदर तालिकासँग सम्बन्धित तथ्यांकलाई अद्यावधिक गर्न बिमा कम्पनीहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्