Logo

अजिरकोटले हिमालको पानीलाई बोटलिङ गर्ने

गोरखाको अजिरकोट गाउँपालिकाले हिमालबाट बगेको शुद्ध पानीलाई बोटलिङ गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने भएको छ । आइतबार गाउँपालिकाको कार्यालयमा भएको ११औ गाउँ सभामा सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा हिमालबाट बगेको शुद्ध पानीलाई बोटलिङ गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने उल्लेख छ । यसका लागि नीति अख्तियार गरी संरचना निर्माणको सुरुवात गरिने भनिएको छ ।
पालिकाका अध्यक्ष दिपक देवकोटाले ‘दिगो विकास हाम्रो सोच, सुन्दर सान्त समृद्ध अजिरकोट’ बनाउन ‘हाम्रो अजिरकोट, राम्रो अजिरकोट’ भन्ने नारासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
कृषि एम्बुलेन्स सञ्चालन गर्ने, कृषिको बजारीकण, रैथाने कृषि विज भण्डार, कृषि फर्म तथा कृषकद्वारा पशु तथा बाली बिमा गर्दा लाग्ने प्रिमियममा ५० प्रतिशत अनुदानका कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । विकास निर्माणमा स्थानीय सीप र प्रविधिको प्रयोग गर्दै सार्वजनिक, निजी र सहकारीको साझेदारीको नीति अवलम्बन गर्ने, पर्यटन प्रवद्र्धनका लागि संघ, प्रदेश र सम्बद्ध निकायसँगको समन्वय, सहकार्य र सहलगानीलाई प्राथमिकता दिई अजिरकोटलाई पर्यटकीय गन्तब्यको रूपमा विकास गर्ने नीति तथा कार्यक्रममा समावेस गरिएको छ ।

जलविद्युत आयोजनाबाट सडक, कुलो, वन क्षेत्रमा पुगेको र पुग्नसक्ने अतिक्रमण रोक्ने युवालाई गाउँमै स्वरोजगारका लागि प्रेरित गर्ने, कृषि तथा पशुपालनको क्षेत्रमा कम्तीमा ६० प्रतिशत अनुदानको व्यवस्था गर्ने, अन्तर्राष्ट्रियस्तरका वृद्धआश्रम निर्माणका लागि डीपीआर तयार गर्ने योजना रहेको गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, पालिकालाई बन्द हड्ताल निषेधित क्षेत्र घोषणा गरिने भएको छ । अजिरकोटको भूगोल सुहाउँदो कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने कार्यक्रमलाई प्राथमिकता दिई रैथाने कृषि बीज भण्डार तथा इलेक्ट्रिक शीत भण्डार स्थापनाका लागि पहल गर्ने भनिएको छ ।
विकास निर्माणमा स्थानीय सीप र प्रविधिको प्रयोग गर्दै सार्वजनिक, निजी र सहकारीको साझेदारीको नीति अवलम्बन गर्ने, पर्यटन प्रवद्र्धनका लागि संघ, प्रदेश र सम्बद्ध निकायसँगको समन्वय, सहकार्य र सहलगानीलाई प्राथमिकता दिई अजिरकोटलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने नीति तथा कार्यक्रममा समावेश छ । पर्यटन प्रवद्र्धनका लागि नागेपोखरी, दूधपोखरी तथा नारदपोखरी पदमार्ग निर्माण कार्यलाई निरन्तरता दिने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्