हस्तकला महासंघ र थाइ राजदूतबीच भेटवार्ता «

हस्तकला महासंघ र थाइ राजदूतबीच भेटवार्ता

????????????????????????????????????

नेपाल हस्तकला महासंघले नेपालका लाथि थाइल्याण्डका राजदूत भोसिता भोरासाफसँग भेटवार्ता गरेको छ । महासंघले नेपाल र थाइल्याण्डबीच विभिन्न हस्तकला सम्बन्धी कला शील्प तथा प्रविधि आदानप्रदान गर्ने विषयमा छलफल गरेको हो ।
बैंककमा वर्षेनि आयोजना हुने जेम एण्ड ज्वेलरी जस्ता हस्तकला व्यापार मेलामा नेपाल हस्तकला महासंघका हस्तकला उद्यमी व्यवसायीहरुलाई सहभागिता गराउन अनुरोध गर्दै महासंघले यसबाट हस्तकला व्यवसायी र हस्तकलाकर्मीलाई थाइल्याण्ड र नेपालबीच कला, शिल्प तथा प्रविधि अध्ययन अवलोकन गर्न अवसर प्राप्त हुने बताएक छ ।
बैंककमा नेपालमा उत्पादित वस्तुहरुलाई अन्तर्राष्ट्रिय बजारमा पहिचान गराउन नेपाल एकदेशिय मेला आयोजना गर्न महासंघले राजदूतसँग आग्रह गरेको छ ।
थाइल्याण्ड सरकारले नेपाली हस्तकला वस्तुमा लगाएको भन्सार महसुल छुट दिनेबारे सरकारसँग छलफल गर्ने राजदूतले प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्