ठोस नीति र अनुसन्धान बिना बालविवाह न्यूनीकरणमा चुनौती

जुम्लामा बाल विवाह न्यूनीकरण चुनौतीपुर्ण बन्दै गएको छ । संघीयतापछि नीति बनाउने जिम्मेवारी पाएका स्थानीय सरकारले ठोस नीति नबाउनु र खोज अनुसन्धानमा लगानी नगर्नुले जुम्लामा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण बनेको हो ।
प्लान नेपालको आर्थिक सहयोगमा आत्म सम्मानका लागि सहकार्य क्याड नेपाल जुम्लाले सिंजा क्षेत्रका तीन पालिकामा विगत ३ वर्षदेखि बाल विवाह, छुईप्रथा न्युनिकरण र सशक्तीकरण तथा विपन्न बालबालिकाको शैक्षिक सुधारमा काम गर्दै आएको छ ।
सिंजा गाउँपालिका–२ चुलेलगाउँ क्याडकै अगुवाइमा जिल्लाको पहिलो बालविवाह मुक्त गाउँ बनाउने अभियानमा जुटेको छ । निगरानी समितिले गत वर्ष चुलेगाउँमा हुनै लागेका ४ वटा बालविवाहसमेत रोकेका थिए । भने, क्याडले सामाजिक कूरीति अन्त्य गर्न र सामाजिक सशक्तीकरणका लागि तीन पालिकामा एक हजार जना परिवर्तनका संबाहक समेत तयार गरेको छ ।
भने सिंजाका हिमा, सिंजा र कनकासुन्दरीका १० वटा वडामा ४० वटा सीओसी कक्षा संचालन गरी बालविवाहविरुद्ध १ हजार परिर्वतनका सम्बाहंक तयार गरेको हो । कनकासुन्दरीका स्थानीयहरू बालबिवाहमुक्त गाउँ बनाउने अभियानमा जुटेका छन् । आफु पनि नगर्ने र अरुलाई पनि बालबिवाह गर्न नदिने कनकासुन्दरी ३ की अन्जली बुढा बताउँछन् । बालविबाह मुक्त समाज निर्माणका लागि एक हजार किशोर किशोरी परिर्वतनका सम्बाहकका रुपमा तैनाथ भएका छन् ।
क्याड नेपालले बाल बिवाह न्यूनीकरणका लागि अथक प्रयास गरे पनि सरकारी तहबाट ठोस नीति निर्माणको अभाव र खोज अनुसन्धानको कमीले बालविवाह न्यूनीकरणमा अपेक्षित उपलब्धि हुन सकेको छैन् ।
जुम्लामा मंगलबार आयोजिक अन्तरक्रिया कार्यक्रममा गैससले करोडौं लगानी गरेपनि स्थानीय सरकार उदासीन हुँदा बालविवाह न्युनिकरणको अपेक्षित उपलब्धि नभएको सरोकारवालाले बताए । २० वर्ष नपुगी बिवाह गर्न नपाइने कानुन भए पनि बालविवाहकै भोजमा जनप्रतिनिधि सहभागी हुनाले समेत समस्या थपिएको छ । नीति नबाउने र बालबिवाहलाई प्रोसय दिन जनप्रतिनिधै अग्रसर छन् ।
पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र शाहीले भने,“बालबिवाह बढ्दै गएको छ । एकिन तथ्यांक कतै छैन् । क्याड नेपालले बालविवाह विरुद्ध सचेतना फैलाएको छ । तर, बालविवाहका भित्री कारण पत्ता लगाउन र समधान गर्न अनुसन्धान आबश्यक छ । भने, बालविवाह न्यूनीकरणका ठोस नीति बनाउन स्थानीयतहको जिम्मेवार बन्नुपर्छ ।”
सिंजा क्षेत्रका तीन पालिकालाई बालबिवाह मुक्त बनाउन क्याडको अगुवाईमा बृहत्त बहसको कार्यक्रम गरी ठोस नीति बनाउने र खोज अनुसन्धानमा जोड दिनुपर्ने उनको भनाई छ । स्थानीयतहकै उदासीनताले बालविवाह न्युनिकरण चुनौतीपुर्ण बनेको छ । स्थानीयतहलाई बालमैत्री नीति निर्माणमा जिम्मेवार बनाउनुपर्ने डीबी बुढाले बताए ।
क्यानड नेपाल जुम्लाका कार्यक्रम संयोजक गिरीराज अधिकारीले जुम्ला बढ्दो बालबिवाहलाई न्यूनीकरण गर्न संस्था एक्लैले मात्र सम्भव नभएकोले स्थानीय सरकारसँगको समन्वयलाई प्रभावकारी बनाउने बताए । सफलताका कथा लेख्ने,खोज अनुसन्धान गर्ने, चेतना अभिवृद्धिमा जोड दिने र स्थानीयतहलाई बालमैत्री नीति निर्माणमा सघाउने कार्यक्रम संयोजक गिरीले उल्लेख गरे । उनका अनुसार क्याडले सिंजाका तीन पालिकाका ४ हजार ४ सय ५३ जना विपन्न बालबालिकालाई शैक्षिक राहत उपलब्ध गराएको र १० हजारबराबरको बिमा गराइएको छ ।