Logo

आइएमई २२ औं वर्षमा प्रवेश

स्थापनाको २२ वर्षमा इन्टरनेशनल मनि एक्सप्रेस ( आइएमई) ले २० खर्ब रूपैयाँ बराबरको रेमिटेन्स भित्र्याएको छ । आइतबार काठमाडौंमा आयोजित कम्पनीको २२ औं वार्षिकोत्सवको अवसरमा यस्तो जानकारी दिइएको हो ।
“क्षेत्रपाटीको एउटा कोठा जहाँ अफिस, किचन र बेडरुमसमेत एकैठाउँमा राखेर सुरु गरेको आइएमई यो अवस्थासम्म आइपुग्दा खुसी लागेको छ” अध्यक्ष चन्द्र ढकालले भने, “यो हाम्रो परिवारको मात्र सफलता होइन, आम नेपाली र विशेषगरी विदेशमा रहेका नेपालीहरुको साथका कारण यो सम्भव भएको हो ।” ढकालका अनुसार हाल आइएमई समूहमार्फत् प्रत्यक्ष अप्रत्यक्ष रुपमा ४० हजार बढीले रोजगारी पाइरहेका छन् ।
रोजगारीका लागि जापानमा रहँदा नेपालमा पैसा पठाउन भएको समस्या समाधानका गर्ने क्रममा औपचारिक उपायको खोजी गर्न आइएमई जन्मिएको आइएमई समूहका प्रबन्ध निर्देशक एवं उपाध्यक्ष हेमराज ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्