Logo

कैलाली उद्योग वाणिज्य संघमा कुँवर

धनगढी– कैलाली उद्योग वाणिज्य संघको ४८औं साधारणसभाको निर्वाचनबाट अध्यक्ष पदमा पुष्पराज कुँवर प्यानल सहित विजयी भएका छन् ।
उनले प्रतिस्पर्धी सुरेन्द्र राठीलाई ३२३ मतले पराजित गर्दै संघको अध्यक्ष दोस्रो पटक निर्वाचित भएका हुन् । कुँवरले ६७८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी राठीले ३५५ मत प्राप्त गरेका छन् । कुँवरसँगै वरिष्ठ उपाध्यक्ष पदमा पुष्करराज ओझा, महासचिव पदमा ओम विष्ट र कोषाध्यक्ष पदमा भीम ओझा अब्बु पनि दोस्रो पटक निर्वाचित भएका छन् ।
ओझाले ६१२ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्वन्दी हरिशंकर ठाकुरले ४१९ मत प्राप्त गरेका छन् । महासचिव पदमा विष्टले ५१४ मत प्राप्त गरी विजय हुँदा उनका प्रतिद्वन्द्वी सिद्धराज पनेरुले ४८१ मत प्राप्त गरेका छन् । पनेरु अघिल्लो कार्यकालमा सचिव निर्वाचित भएका थिए ।
उद्योग उपाध्यक्षमा दिनेश लम्साल, एशोसियट उपाध्यक्षमा मनोज अग्रवाल र वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त विजयी भएका छन् । कुँवर प्यानलबाट विजयी भएका यी तीनै जना अघिल्लो कार्यकालमा सदस्य थिए । कोषाध्यक्ष पदमा राठी प्यानलका रञ्जनकुमार शर्मालाई पराजित गर्दै भीमराज ओझा विजयी भएका छन् । सचिव पदमा कुँवर प्यानलकै सुरेश पाण्डेय ३९९ मत प्राप्त गरी विजयी भएका छन् ।
सदस्य पदमा अम्बिका भण्डारी, कविन्द्र पन्त, कृष्णाकुमारी विष्ट, कोपिला कुँवर, तिलकबहादुर बोहरा, प्रकाशकुमार चन्द, बाशुदेव भट्ट, मिलन कुँवर, रवि कुँवर, राधिकाकुमारी चौधरी, रिता जोशी, रुपेश खड्का, लोकराज भट्ट, शम्भु लामिछाने, श्यामराज जोशी, सुरेन्द्रकुमार बोहरा र सुरेन्द्रबहादुर कठायत विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्