Logo

पुँजी बजार अध्ययनका लागि समिति गठन

पुँजी बजारको वर्तमान अवस्थाका बारेमा अध्ययन गर्न समिति गठन भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बुधबार नेपाल धितोपत्र बोर्डको ३० औं बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै सो जानकारी दिएका हुन् ।
पुँजी बजारमा देखिएका विविध समस्याहरुलाई समाधान गर्न र सुझाव प्रस्तुत गर्नका लागि अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकका गर्भनर, धितोपत्र बोर्डका अध्यक्षलगायत बसेर बुधबार चार सदस्यीय सुझाव समिति गठन गरेको जानकारी उनले दिए । बुधबार बिहान मन्त्रालयमा भएको छलफलपछि धितोपत्र बोर्डका कार्यकारी निर्देशक संयोजक रहने गरी अर्थ मन्त्रालय र राष्ट्र बैंकका एक–एक प्रतिनिधि तथा बोर्डका एक प्रतिनिधि सदस्य सचिव रहने गरी समिति बनाइएको हो । सो अध्ययन समितिले सरोकारवाला पक्षहरुसँग छलफल गरेर तयार गरेको प्रतिवेदनले मौद्रिक नीति निर्माणमा सघाउ पुग्ने तथा पुँजी बजारमा देखिएका समस्या हल हुने अपेक्षा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्