Logo

सभामुख सापकोटा र डेनिस प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट

नेपाल भ्रमणमा रहेको डेनिस प्रतिनिधिमण्डलले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेको छ ।
सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा सभामुख सापकोटा र डेनिस प्रतिनिधिमण्डलबीच भेट भएको हो । डेनिस इन्स्टिच्युट फर पार्टीज एन्ड डेमोक्रेसी(डीआईपीडी)का कार्यकारी निर्देशक लिस्बेथ पिलेगार्ड को नेतृत्वमा आएको डेनिस प्रतिनिधिमण्डलको टोलीमा डेनमार्कको सोसल लिबरल पार्टीकी नेतृ क्लारा हलभोर्सन, डिआइपिडिका सहयोग र विकास प्रमुख : मथिअस पर्स्बेक, स्किब्डल र नेपाल प्रतिनिधि श्रृष्टि राणा हुनुहुन्थ्यो ।
भेटका क्रममा सभामुख सापकोटाले नेपाल र डेनमार्कबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५५ बर्षमा दुई देशबीचको सम्बन्ध सुमधुर रहेको बताउनुभएको तथा शिक्षा, ऊर्जा, सुशासन र विकेन्द्रिकरणको क्षेत्रमा डेनमार्कले गरेको सहयोगका लागि डेनिस सरकार र जनतालाई धन्यवाद ज्ञापन गर्नुभएको उनको निजी सचिवालयले जनाएको छ । सभामुख सापकोटाले डेनमार्कको सुशासनबाट नेपालले सिक्न चाहेको उल्लेख गर्दै दुई देशबीच जनताको तहसम्म सम्बन्ध विस्तार गर्नुपर्ने बताउनुभएको उहाँको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्