नेपाल लाइफ इन्स्योरेन्सद्वारा त्रिवि शिक्षण अस्पताललाई सहयोग

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई ह्वीलचियर हस्तान्तरण गरेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरी र शिक्षण अस्पतालका तर्फबाट कार्यकारी निर्देशक प्रा.डा. दिनेश काफ्लेबीच सम्झौता पत्र आदन प्रदान गरी औपचारिक रुपमा ह्वीलचियर हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले नेपालकै सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनी भएको नाताले हाम्रो समाजप्रति पनि ठूलै दायित्व रहेको बताए ।
हाललाई १०० वटा ह्वीलचियर शिक्षण अस्पताललाई प्रदान गरिएको र यस्ता सामाजिक कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउदै लैजाने प्रतिवद्धता व्यक्त गरे । शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. काफ्लेले बिरामी अस्पताल आउदा देखि नै ह्वीलचेयर आवश्यकता पर्ने र अस्पतालको आवश्यकता अनुसारको सामग्री छनोट गरेकोमा नेपाल लाइफ इन्स्योरेन्सलाई धन्यवाद दिए ।