Logo

दुई महिना पछि धादिङ उद्योग वाणिज्य संघको पद हस्तान्तरण

धादिङ– गत १३ चैतमा सम्पन्न धादिङ उद्योग वाणिज्य संघको २८ साधारण सभा तथा १० अधिवेशनबाट आएको नेतृत्वलाई ६७ दिन पछि पद हस्तान्तरण गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंका जिल्ला नगर समितिका उपाध्यक्ष दिनेश श्रेष्ठको उपस्थितिमा निर्वतमान अध्यक्ष रुद्रबहादुर खत्रीले नवनिर्वाचत अध्यक्ष विष्णुप्रसाद थपलियालाई माइन्युट हस्तान्तरण गरेर जिम्मेवारी तथा पद हस्तान्तरण गरे ।
पद हस्तान्तरण पछि बसेको कार्य समिति बैठकले विधान अनुसार चार उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, तीन सचिव चयन र पाँच जना सदस्य मानोनित गरेको छ । विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष पछिल्लो कार्यकालाका लागि स्वत अध्यक्ष हुने व्यवस्था गरि रामकुमार डल्लाकोटीलाई यसअघि नै वरिष्ठ उपाध्यक्ष निर्वाचित गरेको छ ।
बैठकले उद्योग उपाध्यक्षमा राजाराम सिल्वाल, वाणिज्य उपाध्यक्षमा शेषकान्त कँडेल, वस्तुगत उपाध्यक्षमा गोविन्द भण्डारी र महिला उपाध्यक्षमा अम्विका अधिकारी चयन गरेको छ । यसैगरी अध्यक्ष पछिको कार्यकारी पद महासचिवमा तिलक सिंखडालाई चयन गरेको छ । कोषाध्यक्षमा सुमन धरेल र सचिवहरुमा नृपेश न्यौपाने, अजय त्रिपाठी, अर्जुन सापकोटालाई चयन गरेको छ ।
यसअघि २७ सदस्य नयाँ नेतृत्व चयन, निर्वमान अध्यक्ष मर्यादा क्रममा दोश्रोमा रहने गरी पदेन सदस्य रहने व्यवस्था रहेको र पाँच जना मनोनित गर्ने व्यवस्था अनुसार ३३ सदसीय कार्यसमिति गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्