चेलीलाई गुन्यूचोली दिनुको महत्व «

चेलीलाई गुन्यूचोली दिनुको महत्व

हाम्रो देशमा विभिन्न जाति र धर्मका मानिसहरू बसोबास गर्ने गर्छन् । भिन्दाभिन्दै जातिको आफ्नो अलग–अलग परम्परा र संस्कृति छ । त्यसमा पनि अधिकांश मानिस हिन्दू धर्मावलम्बी रहेका छन् । हिन्दू धर्ममा हामी पाँच वर्षमुनिका बालबालिकालाई भगवान्को रूप मान्ने गछौं भने रजस्वला नभएको उमेर समूहलाई हामी कन्या केटीको दर्जा दिन्छौं । यदि केही शुभसाइतको कार्य गर्नुपरेमा कन्या केटीलाई देवीको रूप मानेर पूजाअर्चनासमेत गर्ने गर्छौं । जसरी नेवारी परम्पराअनुसार कन्या केटीको बेल विवाह गर्नु अनिवार्य छ, त्यसरी नै ब्राह्मण–क्षत्रीहरूको परम्पराअनुसार कन्यालाई गुन्यूचोलो (गुनियो चोली) दिने परम्परा छ । हालका वर्षहरूमा त यो संस्कार समाजमा पहिलाभन्दा अझ बढेको पाइन्छ । आफ्नो क्षमताअनुसार सबैले यो संस्कारलाई अपनाउने गर्छन् । विशेषतः बाहुन, क्षत्री र गुरुङ समुदायमा यो चलन बढी भए पनि अन्य जातजातिका मानिसहरूले पनि बिस्तारै–बिस्तारै यसलाई स्विकारेका छन् । तर, हिजोआज गुनियो चोलो दिने परम्परा फेसनजस्तै भइसकेको छ । धनी होस् या गरिब, सबैले यस परम्परालाई आत्मसात् गरी मनाउने गर्छन् । धनाढ्य परिवारले धेरै खर्च गरेर भोजभतेर गरी पार्टी प्यालेसमा गएर गुन्यूचोली दिने गर्छन् भने सामान्य वर्गका मानिसले यसो साइत हेरेर सामान्य रूपमा कार्य गरी समापन गर्ने गर्छन् ।
कन्याहरूलाई गुन्यूचोलो कुनै धार्मिक कार्यका बीच दिने प्रचलन छ । त्यसैले धेरैले राम्रो साइत जुराएर कन्यालाई घरमै मन्त्र उच्चारण गरी नयाँ र चोखो वस्त्र (फरिया चोली) पहिराएर दुलहीझै शृंगार गरी विभिन्न देवीदेवताका मन्दिरहरूमा लगेर ढोगाउने गरिन्छ । त्यसैले प्रायःले धार्मिक कार्य जस्तै : सत्यनारायणको पूजा, विवाह, सप्ताह, रुद्री लगाएको मौका पारेर कन्यालाई महिला सौभाग्यका समानहरू जस्तै : चुरा, धागो एवं सोह श्रृंगारद्वारा दुलहीझै श्रृंगार गरी गुनियो चोली दिने गरिन्छ ।
हाम्रो परम्पराअनुसार गुनियो चोली नदिई कन्याले सारी अर्थात् फरिया लगाउनु हुँदैन र महिनावारी हुनुभन्दा अगावै गुनियो चोली दिनुपर्छ भन्ने मान्यता छ । विशेषतः माघ–फागुनमा पर्ने सरस्वती पूजाको दिनलाई गुन्यूचोलीका लागि उपयुक्त दिन मानिन्छ । मूलतः ७ देखि १३ वर्षसम्मका महिलाहरूलाई गुन्यूचोलो दिने उपयुक्त समय मानिन्छ । हाम्रो नेपाली मूल्य–मान्यताअनुसार बाल्यावस्थाबाट युवा–किशोरावस्थामा टेक्न लागेका महिलालाई हाम्रो समाजमा गुन्यूचोलो दिने प्रचलन छ । जसरी विवाहको समयमा कन्यालाई शृंगारेर पूजाअर्चना गरी कन्याको पाउ धोएर जल खाइन्छ र कन्या दान दिइन्छ, ठीक त्यसरी नै गुन्यूचोलीमा पनि यही प्रक्रिया अपनाइन्छ । तर, फरक यति छ कि विवाहको समयमा दिएको कन्यादानभन्दा यसरी गुन्यूचोलीमा दिएको कन्यादानको चेलीलाई गुन्यूचोली दिनुको महत्व अझै बढी र विशेष छ । किनकि यसरी रजस्वला पनि नभएकी कन्याको कन्यादान गर्नु आफैंमा ठूलो धर्म हो । त्यसैले हाम्रो कला–संस्कृतिमा कन्याको विशेष स्थान छ ।
म बाल्यावस्थामा रहँदा केही शृङ्गार गरेको देखेमा आमाले गुन्यूचोली नदिएसम्म लगाउन हुँदैन भनेर सम्झाउने गर्नुहुन्थ्यो । तर, अहिलेको परिप्रेक्ष्यमा त्यस्तो छैन । अहिलेको अवस्थामा विद्यालयमा विभिन्न प्रकारका सांस्कृतिक कार्यक्रमहरूमा नानीहरूले भाग लिने हुँदा शृंगार गर्नुपर्ने हुनाले यो सामान्य भइसक्यो । त्यसैले गुन्यूचोलीको चलनले महिलामा वस्त्र परिवर्तनको विशेष चेलीलाई गुन्यूचोली दिनुको चेलीलाई गुन्यूचोली दिनुको महत्व राख्छ । यस प्रचलनले युवा अवस्थामा टेक्न लागेका महिलालाई केही मात्रामा भए पनि जिम्मेवारीको बोध गराउँछ । त्यसैले होला, एउटा भनाइ नै छ— छोरा भाग्यले प्राप्त हुन्छ भने छोरी सौभाग्यले प्राप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्