लगानी सम्मेलनपछिको परिदृष्य

दुई वर्षअघि सरकारले गरेको लगानी सम्मेलनमा लगानी गर्ने क्षेत्र थिए तर लगानी गर्ने परियोजना प्रशस्त थिएनन्, विगतमा विदेशी लगानीकर्ताहरूले नेपालका लगानीयोग्य परियोजनाको नाम माग्दा सरकारी अधिकारीहरू नाजावाफ हुने अवस्था थियो । तर गत चैत्र १५ र १६ गते भएको लगानी सम्मेलनको लागि विदेशी सामु प्रस्तुत भएका परियोजनाहरूले त्यो परिदृष्यलाई परिवर्तन गरिदियो । एकैपटक ७७ परियोजनाहरू सम्मेलनको क्रममा लगानीका लागि प्रस्तुत गरियो । विगतमा परियोजना नतोकी लगानी आह्वान गर्दा वास्तविक लगानी नआएको भन्दै सम्मेलनमा २७ नीजिसहित ७७ परियोजना सरकारले सोकेस गरेको थियो । दुई बर्ष अघि भएको लगानी सम्मेलनमा १४ खर्ब बराबरको प्रतिवद्धता आएको थियो तर प्रारम्भिक रुपमा लगानी गर्ने जम्मा पौने चार खर्ब रुपैयाँ रहेको लगानी बोर्डको तथ्यांक छ । दुई वर्षअघि सरकारले गरेको लगानी सम्मेलनमा लगानी गर्ने क्षेत्र थिए तर लगानी गर्ने परियोजना प्रशस्त थिएनन्, विगतमा विदेशी लगानीकर्ताहरूले नेपालका लगानीयोग्य परियोजनाको नाम माग्दा सरकारी अधिकारीहरू नाजावाफ हुने अवस्था थियो । तर गत चैत्र १५ र १६ गते भएको लगानी सम्मेलनको लागि विदेशी सामु प्रस्तुत भएका परियोजनाहरूले त्यो परिदृष्यलाई परिवर्तन गरिदियो । एकैपटक ७७ परियोजनाहरू सम्मेलनको क्रममा लगानीका लागि प्रस्तुत गरियो । विगतमा परियोजना नतोकी लगानी आह्वान गर्दा वास्तविक लगानी नआएको भन्दै सम्मेलनमा २७ नीजिसहित ७७ परियोजना सरकारले सोकेस गरेको थियो । दुई बर्ष अघि भएको लगानी सम्मेलनमा १४ खर्ब बराबरको प्रतिवद्धता आएको थियो तर प्रारम्भिक रुपमा लगानी गर्ने जम्मा पौने चार खर्ब रुपैयाँ रहेको लगानी बोर्डको तथ्यांक छ । झण्डै ७ सय ३९ विदेशी राष्ट्रका लगानीकर्ता र प्रतिधिसहित एक हजार भन्दा बढी सहभागी भएको लगानी सम्मेलनमा लगानी सम्मेलनमा २९ खर्ब रुपैयाँ बराबरका ५० सरकारी र साढे ३ खर्ब बराबर लागत भएका नीजि क्षेत्रका २७ परियोजनाहरू सोकेस गरिएको थियो । सम्मेलनकै बेला ७७ परियोजनामध्ये ११ प्रस्ताव मात्र आयो । सम्मेलनमा सबैभन्दा बढी २५ आयोजना ऊर्जाको पूर्वाधारतर्फ र सबैभन्दा कम ३ आयोजना शिक्षा तथा स्वास्थ्यतर्फ छन् । त्यसैगरी पर्यटनतर्फ १७, यातायाततर्फ ११, कृषितर्फ ८, सहरीतर्फ ७ र उद्योगतर्फ ६ परियोजना लगानी सम्मेलनमा प्रस्तुत गरिएका थिए । विदेशी लगानीका लागि प्रस्तावित गरिएका आयोजनाहरूमा सबैभन्दा कम ३४ करोड ५४ लाखदेखि ३ खर्ब ६९ अर्बसम्मका परियोजना थिए । सबैभन्दा कम एकीकृत कृषि पूर्वाधार परियोजना गोदावरी अत्तरियाको लागत ३४ करोड ५४ लाख छ भने सबैभन्दा बढी काठमाण्डौ पोखरा लुम्बिनी विद्युतीय रेलको ३ खर्ब ६९ अर्ब २७ करोड रुपैयाँ छ । लगानी सम्मेलन सफल असफलबारे सकारात्मक र नकारात्मक दुवै खाले टिप्पणीहरू सार्वजनिक भएका छन् तर सम्मेलनले विदेशी लगनीकर्ता सामु प्रस्तुत गर्नका लागि सरकारी मात्र ५० परियोजना र निजीका २७ परियोजनाको सोकेस तयार गरेको छ । नेपालका लागि लगानी भित्र्याउने सबैभन्दा ठूलो सम्पत्ति पनि यही सोकेस हो । आगामी दिनमा हरेक विदेशी लगानीकर्तासँग लगानीबारे छलफल र बैठक हुँदा यीनै परियोजनाहरू प्रस्ताव हुनेछन् तर यी परियोजनाहरूलाई थप अध्ययन गरेर लगानीका लागि परिपक्व बनाउन भने बाँकी छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीको विश्लेषणमा लगानी सम्मेलनले ७७ परियोजनाको सोकेस तयार पारेकोले यसलाई विदेशी सामु प्रस्तुत गर्न सहज भएको छ । अधिकांश परियोजना पूर्व सम्भाव्यता र सम्भाव्यता अध्ययन मात्र गरेका परियोजना भएकोले यसलाई परिपक्क बनाउन थप अध्ययन आवश्यक रहेको उनको भनाई छ ।
सम्मेलनको क्रममा सम्झौता
लगानी सम्मेलनको क्रममा विदेशी लगानीकर्ताले प्रधानमन्त्रीसँग ३६ द्धिपक्षीय बैठक, ३९ भन्दा बढी व्यापारिक र सरकारी तथा ३० भन्दा बढी विदेशी–स्वदेशी लगानीकर्ताबीच बैठक भएका थिए । बोर्डले दिएको जानकारी अनुसार, सम्मेलनकै क्रममा सरकारीतर्फको २९ खर्ब लागतमध्ये ९ खर्ब ३३ अर्ब लागत बराबरको परियोजनामा प्रस्ताव तथा साढे ३ खर्ब लागतमध्ये एक खर्ब लागत बराबरको परियोजनाहरूमा समझदारी भएको छ । सोकेसमा नभएका ९४ अर्ब बराबरका दुई परियोजनाले बोर्डमा प्रस्ताव गरेका छन् भने ७ नयाँ प्रस्तावहरूमा समझदारी भएको छ । लगानी बोर्डले प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीको भनाईमा २० अप्रिल २०१९ सम्ममा लगानी गर्न पाउने व्यवस्था रहेकोले यसमा लगानी थपिन सक्ने बताउँछन् । सम्मेलनकै क्रममा विदेशी कम्पनी, लगानीकर्ता तथा नेपालको सरकारी निकाय, नीजि क्षेत्रसँग समझदारी भएको थियो । चौधरी गु्रपले मात्र चार परियोजनामा सम्झौता र समझदारी गरेको छ । चौधरी ग्रुप र स्काई पावरबीच ६ सय मेगावाटको सोलार परियोजनाका लागि संयुक्त उपक्रम सम्झौता (जेभीए) भएको छ । सम्मेलनको समापनको अवसरमा समझदारीमा चौधरी गु्रपमा प्रबन्ध निर्देशक निर्वाण चौधरी र स्काई पावरका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत केरी एल्डरले हस्ताक्षर गरे । त्यसैगरी प्रबन्धक निर्देशक चौधरी र शराफ कम्पनीका कार्यकारी निर्देशक सलाह सराफबीच मल्टिमोडेल लजिष्टिक पार्क, सीजी कर्प ग्लोाबरका प्रबन्धक निर्देशक चौधरी र टुर्कसेलका व्यापारिक प्रमुख मुरात इर्कानबीच ५ जी मोबाइल नेटवर्क तथा प्रदेश–२ का मुख्यमन्त्री लालबाबु यादव र सीजी पूर्वाधार कम्पनीबीच सो प्रदेशमा २ सय मेगावाट सोलार निर्माणको सम्झौता भएको छ । त्यसैगरी विभिन्न क्षेत्रका परियोजना लगानीका लागि १० अर्बको कोष स्थापनाका लागि गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र उद्योग विभागका महानिर्देशक विनोद सिंहबीच समझदारी भएको छ । यस्तै, १६४ मेगावाटको कालीगण्डकी गर्जका लागि हाइड्रो सोलुसनका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान तथा युनान सिन्ह्वा वाटर कन्जरभेन्सी एण्ड जलविद्युत लगानी कम्पनीका अन्र्तराष्ट्रिय व्यापार प्रमुख झु झेङचेङबीच जेभीए भएको छ भने रिसोर्स हिमालय बैंकट भिलेज रिसोर्ट बनेपाका कार्यकारी अध्यक्ष प्रधान तथा सिनसरे कन्सल्टिङ कम्पनीका प्रबन्ध निर्देशक ईडीई ह्सीयाबीच बनेपामा रिसोर्ट, दक्षिण एशिया हर्वब डेक्टोयिसन एसपीए, टाइम सेयरिङ भिला, खुल्ला चिडीयाखना र एडेभेन्चरस स्पोर्टबारे सम्झौता भएको छ । त्यसैगरी १८ मेगावाटको सोलार, ९८ मेगावाटको जलविद्यु तथा १० मेगावाटको वायु ऊर्जामा लगानीका लागि अपि पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने र बेलायतको कँडेल गु्रपका अध्यक्ष राजेन कँडेलबीच समझदारी भएको थियो । सम्मेलनको क्रममा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा अघि बढाउनेबारे विशेष आर्थिक क्षेत्रको बी र सी ब्लकको विकासका लागि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, सेजका प्रमुख कार्यकारी अधिकृत चण्डिका भट्ट र अन्तर्रा्ष्ट्रिय वित्त निगम (आईएफसी) को नेपाल, भुटान र वंगालकै क्षेत्रीय प्रबन्धक वेण्डी वेरनरबीच सम्झौता भएको छ । त्यसैगरी ग्रेन वेयर हाउसका लागि नेपाल वेयरहाउसिङ कम्पनीका प्रबन्ध निर्देशक आनन्द बगरिया र नेसनल कोलाटेरल म्यानेजमेण्ट सर्भिसका उपप्रमुख कार्यकारी अधिकृत अनुपोम कौशिकबीच जेभीए भएको छ । पूर्वाधार विकासमा सहकार्यका लागि नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह र म्यानममार लाइसेन्ड कन्ट्रयाक्टर एसोसियनका अध्यक्ष बीक्याऊ वीनबीच समझदारी भएको छ । भारतीय कम्पनी सतलजले निर्माण सुरु गरेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको वित्तिय व्यवस्थापनका लागि सतलज तथा स्टेल अफ इण्डियाका साथै नेपालका एभरेष्ट र नबिल बैकबीच प्रतिवद्धतापत्रमा हस्ताक्षर भएको छ । प्रतिवद्धतापत्रमा सतलज अरुण तेस्रो पावर डेलभपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सतिलकुमार शर्मा तथा स्टेल बैकका विनोदकुमार, एभरेष्ट बैकका उपमहाप्रबन्धक गिरिस गोर्खाली र नबिल बैकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहबीच हस्ताक्षर भएको छ । १ खर्ब १२ करोड लगानी रहेको आयोजनाको लागि भारतीय बैकले ६५ अर्ब ६० करोड, एभरेष्टले ८ अर्ब १२ करोड तथा नबिल बैकले ४ अर्ब ८७ करोड लगानी गर्न लागेको छ ।सम्मेलनको क्रममा २१६ मेगावाटको अपर त्रिशुली–१ का लागि वित्तीय व्यवस्थापनको पनि घोषणा गरिएको छ । ६५० मिलियन डलरको लगानीका लागि सम्मेलनमा कोरियन कम्पनी कोसेपका उपाध्यक्ष हाकविन किमले घोषाा गरेका थिए । सम्मेलनमा मुखतोड फाइनान्स भारतले नेपालको युनाइटेड फाइनान्स लिमिटेडमा ३९ करोड ९० लाख लगानी गर्ने घोषणा नेपालका देशीय निर्देशक अनिल कार्कीले गरेका थिए भने लगानी बोर्ड नेपाल र लगानी बोर्ड साउथ अफ्रिकाबीच द्विपक्षीय सहकार्यका लागि समझदारी भएको छ । २० अप्रिलसम्म आवेदन दिने समय रहेकोमा हालम्म विभिन्न १६ परियोजनामा ३० वटा प्रस्ताव आएको लगानी बोर्डले जनाएको छ । बोर्डका अनुसार, प्रस्ताव आउनेक्रम जारी छ ।
शनिबार सकिएको दुई दिने लगानी सम्मेलनको क्रममा शनिबार १५ परियोजनाहरूमा सम्झौता तथा समझदारी समेत भएको छ । नेपालको प्रतिष्ठित चौधरी गु्रपले मात्र चार परियोजनामा सम्झौता र समझदारी गरेको छ । चौधरी ग्रुप र स्काई पावरबीच ६ सय मेगावाटको सोलार परियोजनाका लागि संयुक्त उपक्रम सम्झौता (जेभीए) भएको छ । सम्मेलनको समापनको अवसरमा समझदारीमा चौधरी गु्रपमा प्रबन्ध निर्देशक निर्वाण चौधरी र स्काई पावरका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत केरी एल्डरले हस्ताक्षर गरे । त्यसैगरी प्रबन्धक निर्देशक चौधरी र शराफ कम्पनीका कार्यकारी निर्देशक सलाह सराफबीच मल्टिमोडेल लजिष्टिक पार्क, सीजी कर्प ग्लोाबरका प्रबन्धक निर्देशक चौधरी र टुर्कसेलका व्यापारिक प्रमुख मुरात इर्कानबीच ५ जी मोबाइल नेटवर्क तथा प्रदेश–२ का मुख्यमन्त्री लालबाबु यादव र सीजी पूर्वाधार कम्पनीबीच सो प्रदेशमा २ सय मेगावाट सोलार निर्माणको सम्झौता भएको छ । त्यसैगरी विभिन्न क्षेत्रका परियोजना लगानीका लागि १० अर्बको कोष स्थापनाका लागि गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र उद्योग विभागका महानिर्देशक विनोद सिंहबीच समझदारी भएको छ । त्यसैगरी भारतीय कम्पनी सतलजले निर्माण सुरु गरेको नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापनका लागि सतलज तथा स्टेल अफ इण्डियाका साथै नेपालका एभरेष्ट र नबील बैकबीच प्रतिवद्धतापत्रमा हस्ताक्षर भएको छ । प्रतिवद्धतापत्रमा सतलज अरुण तेस्रो पावर डेलभपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सतिलकुमार शर्मा तथा स्टेल बैकका विनोदकुमार, एभरेष्ट बैकका उपमहाप्रबन्धक गिरिस गोर्खाली र नबिल बैकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहबीच हस्ताक्षर भएको छ । एक खर्ब १२ करोड लगानी रहेको आयोजनाको लागि भारतीय बैकले ६५ अर्ब ६० करोड, एभरेष्टले ८ अर्ब १२ करोड तथा नबिल बैकले ४ अर्ब ८७ करोड लगानी गर्न लागेको छ । त्यसैगरी १६४ मेगावाटको कालीगण्डकी गर्जका लागि हाइड्रो सोलुसनका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान तथा युनान सिन्ह्वा वाटर कन्जरभेन्सी एण्ड जलविद्युत लगानी कम्पनीका अन्र्तराष्ट्रिय व्यापार प्रमुख झु झेङचेङबीच जेभीए भएको छ भने रिसोर्स हिमालय बैकट भिलेस रिसोर्ट बनेपाका कार्यकारी अध्यक्ष प्रधान तथा सिनसरे कन्सल्टीङ कम्पनीका प्रबन्ध निर्देशक इडीई ह्सीयाबीच बनेपामा रिसोर्ट, दक्षिण एशिया हर्वब डेक्टोयिसन एसपीए, टाइम सेयरिङ भिला, खुल्ला चिडीयाखना र एडेभेन्चरस स्पोर्टबारे सम्झौता भएको छ । त्यसैगरी १८ मेगावाटको सोलार, ९८ मेगावाटको जलविद्यु तथा १० मेगावाटको वायु ऊर्जामा लगानीका लागि अपि पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने र बेलायतको कँडेल गु्रपका अध्यक्ष राजेन कँडेलबीच समझदारी भएको थियो ।
त्यसैगरी सम्मेलनको क्रममा सार्वजनिक नीजि साझेदारी (पीपीपी) मोडेलमा अघि बढाउनेबारे विशेष आर्थिक क्षेत्रको बी र सी ब्लकको विकासका लागि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, सेजका प्रमुख कार्यकारी अधिकृत डा. चण्डिका भट्ट र अन्र्तराष्ट्रिय वित्त निगम (आईएफसी) को नेपाल, भुटान र वंगालकै क्षेत्रीय प्रबन्धक वेण्डी वेरनरबीच सम्झौता भएको छ । त्यसैगरी ग्रेन वेयर हाउसका लागि नेपाल वेयरहाउसिङ कम्पनीका प्रबन्ध निर्देशक आनन्द बगरिया र नेशनल कोलाटेरल म्यानेजमेण्ट सर्भिसकका उप प्रमुख कार्यकारी अधिकृत अनुपोम कौशिकबीच जेभीए भएको छ भने पूर्वाधार विकासमा सहकार्यका लागि नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह र म्यानममार लाइसेन्ड कन्ट्याक्टर एशोसियनका अध्यक्ष बीक्याऊ वीनबीच समझदारी भएको छ । सम्मेलनको क्रममा २१६ मेगावाटको अपर त्रिशुली–१ का लागि वित्तिय व्यवस्पानका लागि घोषणा गरिएको छ । ६५० मिलियन डलरको लगानीका लागि सम्मेलनमा कोरियन कम्पनी कोसेपका उपाध्यक्ष हाकविन किमले घोषाा गरेका थिए । सम्मेलनमा मुखतोड फाइनाँस भारतले नेपालको युनाइटेड फाइनान्स लिमीटेडमा ३९ करोड ९० लाख लगानी गर्ने घोषणा नेपालका देशीय निर्देशक अनिल कार्कीले गरेका थिए भने लगानी बोर्ड नेपाल र लगानी बोर्ड साउथ अफ्रिकाबीच द्धिपक्षीय सहकार्यका लागि समझदारी भएको थियो ।
१७ परियोजनामा लगानी प्रस्ताव
सम्मेलनको क्रममा सरकारले अघि सारेका ७७ मध्ये १७ परियोजनाका लागि आवेदन परेको छ । बोर्डका अनुसार पूर्वाधार तथा यातायात क्षेत्रमा ७ वटा, ऊर्जामा ४ वटा, कृषिमा ३ वटा, शिक्षा र स्वास्थ्यमा २ र लजिस्टिकमा एक कम्पनीले आवेदन दिएका छन् । परिपक्व नभएको भन्दै लगानी बोर्डले सार्वजनिक नगरेपनि निजगढ अन्र्तराष्ट्रिय सम्मेलन, पश्चिम सेती, तमोर जलाशय, भक्तपुर सम्मेलन केन्द्र, वीरगञ्जमा लजिस्टिक सेन्टर, रिंगरोड ¥याापिड ट्रान्जिट लगायतमा आवेदन परेको छ । आगामी अप्रिलसम्मका लागि आवेदन दिने व्यवस्था रहेकोले यसमा थप हुन सक्ने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।