नेपोभिट टाइल्स सार्वजनिक

नेपाल सेरामिक इन्डस्ट्रिजअन्तर्गत नेपोभिट टाइल्स बजारमा सार्वजनिक भएको छ ।
विदेशी टाइल्सको आयात निकै बढेपछि आफ्नै देशमा उप्तादन गर्न सक्ने क्षमता देखेर नेपोभिट टाइल्सको स्थापना भएको हो । उद्घाटन समारोहमा नायक हमालले आफू नेपोभिट टाइल्सको सदभाव दूत भएको सार्वजनिक गर्दै नेपोभिट टाइल्सको गुणस्तर, बजारमा प्रभाव अनि यसको अत्याधुनिक कारखाना बारेमा चर्चा गरे ।
यस टाइल्सको बारेमा चर्चा गर्नुपर्दा नेपोभिट टाइल्स विश्वप्रतिष्ठित इटालियन प्रविधिको साथ उत्कृष्ट कच्चा पदार्थ प्रयोग गरेर बनेका छन् । फेवा, डाँफे, गुराँस जस्ता विभिन्न डिजाइनमा उपलब्ध छन् । यस टाइल्सका विभिन्न उत्पादनहरू घरेलु तथा व्यावसायिक भवनहरूमा प्रयोग गर्न सकिन्छ ।