सिद्धार्थ इन्स्योरेन्सको २० औं वार्षिक साधारणसभा
सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बुधबार सम्पन्न साधारण सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष रतनलाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरे । जसअनुसार आ.व.२०७७०-७८ मा कम्पनीले विभिन्न बिमा व्यवसाय अन्तर्गत २ अर्ब ३५ करोड ९५ लाख ६८ हजार बिमा शुल्क आर्जन देखिएको छ भने चालु आवको साधारण सभाको दिनसम्म कम्पनीले १ अर्ब ९२ करोड बिमा शुल्क आर्जन गरेको छ ।
सभाले हाल कायम रहेको चुक्ता पुँजी १ अर्ब १२ करोडको १५ प्रतिशत बोनस शसयर जारी गर्ने तथा कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश प्रदान गर्ने र मर्जर सम्बन्धि विशेष प्रस्ताव समेत पारित गरेको विज्ञप्तिमा उल्लेख छ ।