नयाँ वर्ष र विषम आर्थिक स्थिति «

नयाँ वर्ष र विषम आर्थिक स्थिति

विव्रmम संवत् विश्व ब्रह्माण्डका ग्रहगति र प्रकृतिसँग सापेक्ष छ । नेपालमा विव्रmम संवत्ले सबै जाति, भाषा, धर्म र संस्कृति तथा विविधतालाई समेटेको छ । विव्रmम संवत् प्रकृतिसँग सम्बन्धित छ भन्ने एउटा आश्चर्यजनक कुरा नेपालभित्र नै देख्न सकिन्छ । हरेक वर्ष मेष संव्रmान्ति, नववर्षका दिन विव्रmम संवत् वैशाख १ गते सलहेस नामक फूलले उजागर गर्ने गर्छ । यसरी विव्रmम संवत्को उठान नेपालमै भएको हो । एसियाका अधिकांश राष्ट्रहरू चीन, भारतमा अंग्रेजी साम्राज्यको प्रभावले त्यहाँका आदि संवत्हरू विस्थापित गरेर इस्वी संवत् लागू गरिएको थियो । नेपाली राजनीतिक–सामाजिक विकास र उपलब्धिका हिसाबले समेत महŒवपूर्ण रह्यो । संविधान कार्यान्वयन गर्ने जिम्मेवारीसँगै विनाशकारी भूकम्पको पुनर्निर्माण अभियानका हिसाबले पनि बितेको वर्ष स्मरणयोग्य बन्यो । यो प्रशंसायोग्यभन्दा स्मरणयोग्य रहेको वर्षले केही पाठ पनि सिकाएको छ । विगतले सम्झना र समस्या छोड्छ भने आगतले सम्भावना र चुनौती दिन्छ । मूलतः नयाँ वर्ष २०७९ लागिसकेको छ ।
अब यो वर्ष विगतका कमी–कमजोरी सच्याउनेमा मात्र होइन, मुलुकलाई समृद्धिको उचाइमा लैजाने महŒवपूर्ण आधार तय गर्नुपर्नेछ । यसरी नयाँ वर्षको सुरुमै मुलुकसामु उभिएको यो चुनौतीलाई सामना गर्न राजनीतिक दलको मात्र इच्छाशक्ति पर्याप्त हँुदैन । जनताले गर्ने सहयोग र भरथेग पनि महŒवपूर्ण हुनेछ । हालको स्थितिलाई मध्यनजर गर्ने हो भने गठबन्धन सरकार र विपक्षमा स्थानीय स्तरको चुनाव माहोलले तताएको देखिन्छ । यो खबरदारीमा स्थानीय जनप्रतिनिधिको महŒवपूर्ण स्थान हुन्छ । भूकम्पपछिको राहत र पुनर्निर्माणका बाँकी कार्यभार गुनासो नआउने गरी सम्बोधित हुनुपर्नेछ । राजनीतिक वृत्तमा सहमतीय संस्कृतिको उच्चतम नमुना प्रदर्शित हुनुपर्नेछ । संविधान कार्यान्वयन गरी नयाँ सालले शान्ति प्रव्रिmयाका बाँकी कार्यभार पूरा गर्नुपर्नेछ । सत्यनिरुपण र बेपत्ता छानबिन आयोगमार्फत काम अघि बढाई द्वन्द्वका घाउ पूर्ण रूपमा अन्त्य गरिनुपर्छ । संविधानलाई भत्काउने होइन, जोड्ने कार्य हुनुपर्छ । राजनीतिक दलहरूबीचको असहमति हटाउन ठूला दलले त्याग र योगदान दुवै गर्नुपर्नेछ । स्थानीय प्रतिनिधिमार्फत मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउन भरपर्दो आधार यो वर्षमा हुनुपर्नेछ । यी अपेक्षा पूरा भई कमजोरी सच्याउन सरोकारवालालाई बल प्रशस्त प्रदान गरियोस् । तर, नेपाल सम्राज्यवादी प्रभावबाट जोगिएकाले नेपालले आफ्नो सार्वभौमसत्ता, मौलिकता र पहिचान बचाउँदै आएको हुँदा विव्रmम संवत् यथावत् कायम रहिरह्यो । इतिहासको प्रारम्भदेखि नै नेपाल सार्वभौम राष्ट्र थियो भन्ने कुराको ठोस प्रमाण विव्रmम संवत्को निरन्तरता हो । विव्रmम संवत् नेपालको गौरव र मौलिक संवत् भएकाले सगौरव २०७९ सालको नयाँ वर्षको शुभ–मुहूर्तमा स्वदेश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना ।
विकासोन्मुख मुलुकको विकास शोधनान्तर स्थिति र त्यसले मुलुकको विदेशी मुद्राको सञ्चितिमा पार्ने असरमा निर्भर गर्छ । शोधनान्तर सबल नभएर र वैदेशिक मुद्राको सञ्चिति ऋणात्मक नभएका कारण टर्की, पाकिस्तान र श्रीलङ्काजस्ता देश अहिले सङ्कटको सामना गर्दैछन् । त्यसमा नेपाल पनि अछुतो रहेन । नेपालको भुक्तानी सन्तुलन पनि ऋणात्मक हुँदै गइरहेछ । चालू आर्थिक वर्षको माघसम्मको स्थिति हेर्दा मुलुकमा भित्रिनेभन्दा बाहिरिने रकम २.४७ खर्ब रुपियाँले बढी भइसकेको छ । रेमिट्यान्स घट्दै गएको र व्यापारघाटा बढ्दै गएका कारण विदेशी मुद्रा सञ्चिति घटेको हो । यसरी नेपाली अर्थतन्त्र पनि यतिखेर ठूलो चुनौतीसँग लडिरहेछ । देशको पुँजीगत खर्च गर्न सक्ने क्षमता असाध्यै घटेको छ । मूल्यवृद्धि अकासिएको छ । व्यापार घाटा बढिरहेछ । भुक्तानी असन्तुलनको दायरा झन् फराकिलो बनिरहेछ । विप्रेषण घटिरहेछ । राष्ट्रिय ऋणको मात्रा दिनानुदिन बढिरहेछ । बैंकिङ क्षेत्रमा तरलताको अभाव हुनाले विकास, निर्माण र पुँजीगत क्षेत्रलाई घस्रनै पनि मुस्किल पर्न थालेको छ । अहिलेको विश्व पैसाको विश्व हो । यसर्थ पैसाको उपलब्धता र गतिशीलतामै संसार अघि बढिरहेको छ; जसमा पैसा कमाउनु, लगानी गर्नु, पैसाका कारण सामग्रीको उत्पादन र वितरण गर्नु एवं उपभोग्य स्तरमा बढोत्तरी ल्याउनु राजनीतिज्ञ, अर्थशास्त्री, व्यापारी, उद्योगी, आर्थिक विज्ञ मात्र नभई सामान्य मानिसको पनि क्षमताको मापन ठहरिने गर्छ । नेपालको सन्दर्भलाई पनि पैसा उत्पादन, परिचालन र उपभोगको परिवेशमा विश्लेषण गर्न जरुरी हुन्छ । हाम्रो देशको कुरा गर्ने हो भने विप्रेषण घट्नु, मुद्रास्फीति बढ्नु, आयात व्यापक हुँदै व्यापारघाटा बढ्दै जानु आदिले नेपालको अर्थतन्त्र गहिरो संकटतिर उन्मुख रहेको पुष्टि हुन्छ । मूलतः राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन र अर्थशास्त्रका विज्ञहरूको विश्लेषणअनुसार नेपाल गहिरो आर्थिक संकटमा फस्ने देखिन्छ । समग्र अर्थतन्त्रमै ठूलो मन्दी आउने आकलन विभिन्न कोणबाट हुन थालिसक्यो । अहिलेको आर्थिक संकटका मुख्य कारक हुन् । यसरी नै श्रीलंकामा जस्तै वर्षौंदेखि विधि र पद्धतिलाई मिचेर राजनीतिज्ञ र कर्मचारीतन्त्रले गरेका आर्थिक कुव्यवस्थापन । अर्थतन्त्रमा सुधार ल्याउनु पक्कै पनि अहिलेका अर्थमन्त्रीको जिम्मेवारी हो तर नेपालको अर्थतन्त्र यस्तो लाचार अवस्थामा पुग्नुमा अर्थमन्त्रीविशेषको मात्रै हात छैन । व्यापक भ्रष्टाचार, योग्यताभन्दा राजनीतिक झोला बोकेका आधारमा विभिन्न ठाउँमा गरिने नियुक्ति, उच्च चालू खर्च तर कम पुँजीगत खर्चजस्ता अन्य थुप्रै कारण रहेका छन् । उदाहरणका लागि, अहिले पनि देशको ६५ प्रतिशत रोजगारी कृषिमा छ तर कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान जम्मा २३ प्रतिशत छ । कृषि क्षेत्रको यस्तो दुरवस्थाका लागि राजनीतिज्ञहरू नै मुख्य जिम्मेवार छन् । कमजोर नीति तथा फितलो कार्यान्वयनले गर्दा अर्थतन्त्रका सबै क्षेत्रको अवस्था दुःखलाग्दो नै छ । नेता र नीतिनिर्माताहरूको भ्रष्टाचार, अदूरदर्शिता र तिनको निजी स्वार्थको दुश्चक्रको चपेटाबाट हामी कसरी निस्किने भन्नेमा ठूलो प्रश्न खडा भएको छ ।
नेपालले पनि श्रीलंकाबाट पाठ सिक्नु अहिलेको अवस्थामा धेरै उपयुक्त होला । जबकि श्रीलंकाले अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ । जसले गर्दा अत्यावश्यक वस्तुको भाउ यतिखेर बढेको छ । जसले गर्दा सर्वसाधारण जनताले सामान किन्न सक्ने अवस्था छैन । श्रीलंका सरकारले चीनसँग २.५ अर्ब अमेरिकी डलरको आपत्कालीन सहायता मागेको तथ्यलाई लिएर चीनले यस टापु देशमा आफ्नो प्रभाव बढाउन सक्ने सम्भावना छ । यसरी वास्तवमा यो स्थितिलाई मध्यनजर गर्ने हो भने श्रीलंकासँग आयातका लागि १.६ अर्ब अमेरिकी डलर मात्रै विदेशी मुद्रा सञ्चिति बाँकी छ र आगामी आर्थिक वर्षभित्र ऋण चुक्ता गर्न करिब ७.३ अर्ब डलर आवश्यक छ । आउँदो केही महिनामा श्रीलंका दिवालिया हुने सँघारमा पुग्छ भन्नु अतिरञ्जन हुनेछैन । यसका साथसाथै राष्ट्रको अर्थतन्त्रको अवस्था राम्रो छैन । यसरी विदेशी सञ्चितिमा चाप बढी रहेको छ । तसर्थ देशमा गाडी आयात रोक्नुपर्ने भयो भन्ने भनाइ सार्वजनिक भएका छन् । नेपाल राष्ट्र बैंकका अधिकारीहरूले गाडी, सुन, चाँदी, सुपारी, मरिच, छोकडा, मदिरा, चकलेट, कस्मेटिक्स प्रोडक्टलगायतको आयातका लागि एलसी नखोल्न आग्रह गरेका छन् । यसरी चालू आर्थिक वर्षको आठ महिनामै १३ खर्ब आठ अर्ब रुपैयाँँबराबरको आयात भइसकेको छ । चैतमा आयात १४ खर्ब नाघ्ने राष्ट्र बैंकका अधिकारीहरूले प्रस्ट संकेत गरेका छन् । पेट्रोलियम पदार्थको मूल्य बढ्दै गए आयातको आकार झनै बढ्छ । धेरै रकमको आयात हुँदा त्यसको सीधा असर विदेशी मुद्राको सञ्चितिमा पर्छ । यसर्थ नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको आठ महिनामा विदेशी मुद्राको सञ्चिति १७ प्रतिशतले घटिसकेको छ । उच्चदरमा बढेको आयात र गत वर्षभन्दा रेमिट्यान्स आप्रवाहमा गिरावट हुँदा विदेशी मुद्राको सञ्चिति घटेको हो । नेपालमा विदेशी मुद्रा भित्रिने महŒवपूर्ण स्रोत नै रेमिट्यान्स हो । गत माघ मसान्तसम्म सरकारको ढुकुटीमा नौ अर्ब ७५ करोड अमेरिकी डलरबराबरको विदेशी मुद्रा सञ्चिति छ, जसले ७÷८ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने राष्ट्र बैंकको अनुमान छ । तर, निरन्तर पेट्रोलियम पदार्थको मूल्य बढ्दा अन्य वस्तु तथा सेवाको समेत मूल्य बढ्ने भएकाले अहिलेको सञ्चितिले केही महिना आयातलाई धान्न मुस्किल पर्ने सम्बन्धित क्षेत्रका विज्ञहरूको भनाइ रहेको पाइन्छ । यसका अतिरिक्त रसिया र युक्रेन युद्ध लम्बिँदै जाँदा पेट्रोलियम पदार्थको मूल्य अझै बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको विश्लेषण छ । त्यसरी नै देशमा पनि विदेशी मुद्रा सञ्चिति घटिरहेको छ । मूल्यवृद्धि चर्को भइरहेको छ । यी सबै कारणले गर्दा व्यापारघाटा पनि चरम स्थितिमा पुगेको छ ।
समग्रमा भन्नुपर्दा कोरोना महामारीका कारणलगायत रूस–युक्रेन युद्ध, विभिन्न किसिमका महामारीहरूले आर्थिक क्षेत्रमा डामाडोल स्थिति सिर्जना भएको छ । यस सँगसँगै नयाँ वर्ष २०७९ को स्वागत गरिँदै छ । सन् २०२० को सुरुवातीदेखि नै संसारभर नै कोरोना कहर भोग्न बाध्य हुनुले वि.सं. २०७८ लाई प्रतिकूलताका रूपमा लिनु स्वाभाविक हो । तर पनि यो वर्ष मानिसलाई यी विविध घटनाले पाठ राम्ररी सिकाउन सफल भएको मान्नुपर्छ । यसरी अझै भन्ने हो भने थुप्रै मुलुकहरू यतिबेला रूस र युक्रेनबीच संघर्षरत अवस्थामा भएकाले विश्वव्यापी रूपमा आर्थिक स्थितिलाई चलयमान बनाउनका लागि विभिन्न नियमहरू लागू गरिएका छन् । यसर्थ श्रीलंकाको अर्थतन्त्रमा सङ्कट आउनुको अर्को कारण राजापाक्षेको सरकारले करमा व्यापक छुट दियो । मूल्य अभिवृद्धि करको रेट १५ प्रतिशतबाट ८ प्रतिशत बनायो । यसका साथै आय करहरू पनि घटायो । राजस्वको स्रोत पनि घट्ने, पर्यटकहरू पनि नआउने, कृषि उत्पादन बन्द हुने, निर्यात नहुने घटनाहरू हुँदा त्यसले अर्थतन्त्रलाई नराम्रोसँग असर प¥यो । अपितु, हाम्रो देशको अर्थतन्त्र जोगाउन श्रीलंकाबाट पाठ सिक्नुपर्ने देखिन्छ । मुलुकको अर्थतन्त्र सुधारका आधार प्रशस्तै छन् । कोरोनाका कारण अस्तव्यस्त बनेको पर्यटन क्षेत्र अहिले तङ्ग्रिँदै छ । लगातार घटिरहेको रेमिट्यान्समा पनि सुधार आउने अपेक्षा गर्न सकिने सम्बन्धित क्षेत्रको भनाइ रहेको पाइन्छ । अतः कोरोना भाइरसको तेस्रो लहर सेलाएको कारणले गर्दा आर्थिक क्षेत्रमा चलायमानको स्थिति खट्किएको छ । त्यसरी नै देशमा विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा पर्यटकहरू संख्यामा विस्तारै वृद्धि हँुदै गएको छ । अतः यसरी आउने नववर्षलाई स्वागत र पुरानो वर्षलाई बिदाइ गरिन्छ । यसरी स्वागत र बिदाइ गर्ने परम्परा आ–आफ्नो देशमा आ–आफ्नै प्रकारका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्