काठमाडौं उपत्यका सडकमार्फत समुद्रसम्म जोडियो

अर्थमन्त्री जनार्दन शर्माले आजदेखि काठमाडौं उपत्यका सडकमार्फत समुद्रसम्म जोडिएको बताए ।
मंगलबार काठमाडौंको चोभार सुक्खा बन्दरगाहको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले समुद्रमा लोड भएका कन्टेनरहरु सडकमार्फत बन्दरगाह आउने भएकाले काठमाडौं समुद्रसँग जोडिएको बताएका हुन् । उनले अब समुद्रबाट छुट्ने कन्टेनर सिधै चोभार सुख्खा बन्दरगाहमा आउने बताए । मन्त्री शर्माले सुक्खा बन्दरगाह सञ्चालनमा आएसँगै व्यापार-व्यवसायको प्रबद्र्धनमा सहयोग पुग्ने बताए ।
चोभार सुक्खा बन्दरगाह आयातको केन्द्रका रूपमा नभइ निर्यातको केन्द्रका रूपमा विकास हुनुपर्ने भन्दै अर्थमन्त्री शर्माले बन्दरगाहबाट नेपालमा उत्पादित वस्तु अन्तर्राष्ट्रिय बजारसम्म निर्यात गर्ने बाटो खुल्ला भएको बताउनु भयो । उहाँले यतिबेला नेपालको अर्थतन्त्रलाई कोभिड महामारी र रुस युक्रेन युद्धले असर गरेकाले चुनौती थपिएको बताउनु भयो । रुस र युक्रेनबीचको युद्धले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र रेमिट्यान्स खुम्चिए पनि फागुन मसान्तमा रेमिट्यान्समा केही सुधार भएको दाबी गर्नु भयो ।
त्यस्तै,नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले २०७८ असारमा नै बन्दरगाह संरचनाको निर्माण सम्पन्न भएको बताए । उनले बन्दरगाहमा ५ सय कन्टेनर ५ सय ट्रकको अट्ने गरी ६५ हजार वर्गकिलोमिटरको पाकिङ क्षेत्र रहेको बताए । सुक्खा बन्दरगाह करिब १ अर्ब ५४ करोडको लागतमा निर्माण सम्पन्न भएको गजुुरेलको भनाइ छ ।
कार्यकारी निर्देशक गजुरेलले भने, ‘२०७५ सालको असारमा सम्झौता भइ माघ १३ गते शिल्यानास भई निर्माण कार्य सुरु भएको सुक्खा बन्दरगाह संरचनाको निर्माण कार्य कोरोना महामारीको प्रकोप सामान गर्दै २०७८ असारमा निर्माण सम्पन्न भएको हो । सुख्खा बन्दरगाहमा ५ सय कन्टेनर र ५ सय ट्रकका लागि ६५ हजार वर्गकिलोमिटर पाकिङ क्षेत्र भन्सार भवन र क्वारेन्टाइन क्षेत्र निर्माण गरिएको छ । बन्दरगाहमा आवश्यक सबै पूर्वाधारहरुको निर्माण गरिएको छ । करिव १ अर्ब ५४ करोडको लागतमा निर्माण सम्पन्न भएको सुक्खा बन्दरगाह निर्माण तथा सञ्चालनले देशमा बढ्दो व्यापार घाटालाई कम गर्न निर्यात प्रवद्र्धनमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ । मुलुकको वस्तु आयात र निर्यातमा लाग्ने समय र लागत वृद्धि भइरहेको अवस्थामा बन्दरगाहले आन्तरिक र वैदेशीक व्यापार सहज बनाउन महत्वपूर्ण भूमिका पुग्छ ।’
कार्यकारी निर्देशक गजुरेलले सख्खा बन्दरगाह निर्माण तथा सञ्चालनले देशमा बढ्दो व्यापार घाटालाई कम गरी निर्यात प्रवद्र्धन गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको बताए । उनले मुलुकको वस्तु आयात र निर्यातमा लाग्ने समय र लागत वृद्धि भइरहेको अवस्थामा बन्दरगाहले आन्तरिक र वैदेशिक व्यापार सहज बनाउन महत्वपूर्ण योगदान पु¥याउने दाबी गरे ।