Logo

तीनै तहको समन्वयमा भूमिका समस्या समाधानमा जोड

संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र अन्तरसम्बन्धका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विषयगत समितिको पहिलो बैठक बसेको छ ।
भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रमा बसेको विषयगत समितिको बैठकमा सातै प्रदेशका विषयगत मन्त्रालयका मन्त्रीहरु र पदाधिकारी सहभागी थियो ।
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले संघीयता प्रभावकारी कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहको एकल र साझा अनूसुुची कार्यान्वयन गर्न सबै प्रतिबद्ध हुनु पर्नेमा जोड दिइन् ।
मुलुक संघीयतामा गएपनि अझैपनि केन्द्रिकृत मानसिकता रहेका कारण संघीयता कार्यान्वयनमा समस्या देखिएको भन्दै मन्त्री श्रेष्ठले आफ्नो अधिकार क्षेत्र भित्रका काम गर्न प्रदेश र स्थानीय तहले केन्द्रको मुख ताकेर बस्न नहुने बताइन् । आगामी आर्थिक वर्षको बजेट बनाउने तयारी भइरहेको सन्दर्भमा तीन तहबीचको अन्तर समन्वयका विषयमा भएको बैठक फलदायी हुने भन्दै मन्त्री श्रेष्ठले बैठकमा उठेका विषयलाई बजेट निर्माण गर्दा ध्यान दिने प्रतिबद्धता व्यक्त गरिन् ।
भूूमि सम्बन्धी सबै खालका समस्या सदाका लागि अन्त्य गर्ने गरी सरकार र मन्त्रालयले काम सुरु गरेको भन्दै मन्त्री श्रेष्ठले भनिन्, “संविधानमा व्यवस्था भएको भूूमि सम्बन्धी नागरिकको हक कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ, भूमिहिन दलित, भूमिहिन सकुम्बासीलाई जग्गा दिने र अव्यवस्थीत बसोवासीको समस्या समाधान गर्न राष्ट्रिय भूूमि आयोगमार्फत काम अघी बढाएका छौ । कमैया, कमलरी र हरवा चरवाका समस्या समाधान गर्न तीनै तहले गर्नु पर्ने काम समेटेर अध्ययन समितिले प्रतिवेदन तयार गरिराखेको छ र प्रतिवेदन अनुसार अघि बढ्ने छौं ।”
बैठकमा सात वटै प्रदेशका विषयगत मन्त्रालयका मन्त्रीले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुन नसक्दा काम गर्न अन्यौलता बढिरहेको बताएक छन् । उनीहरुले कर्मचारी व्यस्थापन हुन नसकेको, समन्वय नहुदा तलका समस्या माथिसम्म पुब्याउन र समस्या समाधान गर्न चुनौति थपिएको गुनासो गरेका छन् । उनीहरुले प्रदेशका मन्त्रालयलाई कामकाजी बनाउन नसकिएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्