घोराहीमा औद्योगिक तथा कृषि प्रदर्शनी

दाङ-उद्योग वाणिज्य संघ दाङको आयोजनामा घोराहीमा औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी सुरु भएको छ । ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही २६ फागुनदेखि ८ चैतसम्म घोराही पमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी हुने छ ।
स्थानीय उत्पादनको बजारीकरण, कृषि पशुपालनको प्रवद्र्धन, पर्यटनलाई व्यवसायीकरण गर्दै आर्थिक विकासमा टेवा पु¥याउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा यहाँ उत्पादित वस्तु पहिचान गराउने र स्थानीय भाषा, साहित्य कला, परम्परागत सीप, धार्मिक क्षेत्र एवम संस्कृतिको परिचय गराउँदै संरक्षण एवम सम्वद्र्धन गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको मुल आयोजक समितिका संयोजक टंकसिंह बुढाथोकीले जानकारी दिए ।
यस क्षेत्रमा स्थापित प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने, दाङ जिल्लाको आर्थिक विकास पूर्वाधार विकास सक्रियता बढाउने, योजना निर्माणमा सहयोग पु¥याउने, स्थानीय उत्पादनलाई प्राथमिकता दिइ राष्ट्रिय अर्थतन्त्रलाई टेवा पु-याउन सन्देश प्रभाह गर्ने आयोजकले जनाएको छ । दाङलाई आगामी दिनमा औद्योगिक गन्तव्य स्थल बनाइ लगानीमैत्री वातावरण निर्माणमा सरोकारवालाको ध्यानाकर्षण गराउने पनि अयोजकले जनाएको छ ।