म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा महाशिवरात्रि पर्वको अवसरमा दर्शन र पुजाआजाका लागि भक्तजनको भीड बढेको छ । म्याग्दीका ग्रामीण भेगसँंगै छिमेकी जिल्ला बागलुङ, पर्वत पोखरालगायतका ठाउँबाट भक्तजन आएका छन् । मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको गलेश्वर धाममा हिन्दु धर्मावलम्बीरूरुको साझा तीर्थस्थल मानिन्छ । गलेश्वरधामको दर्शन र पूजाआजा गरेमा सुख, शान्ति र समृद्धि हुने जनविश्वास रहँदै आएको छ । तस्बिर :धिरन खत्री