कोरोना महामारीसँगै सिमसार क्षेत्र सुनसान «

कोरोना महामारीसँगै सिमसार क्षेत्र सुनसान

तेह्रथुम-धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकामा रहेको सन्सारी सिमसार सुनसान बनेको छ ।
कोरोना महामारी सुरु हुनु अघि आन्तरिक र बाह्य पर्यटकको आकर्षक गन्तव्यको रुपमा रहेको सन्सारी सिमसार क्षेत्र यतिबेला भने सुनसान बनेको छ । पर्यटकहरु हरियाली चिया बगान, स्वच्छ र सफा पोखरीमा मनोरम दृष्यमा रमाउने गरेका थिए । अन्य दिन भन्दा सार्वजनिक बिदाको पर्यटकलाई वनभोज खाने स्थान समेत पाउन मुस्किल थियो । तर, यो सिमसार यति बेला भने सुनसान बनेको छ ।
बिदाको दिन फटफुट स्थानीय घुम्न आउनेबाहेक अन्य पर्यटकको आवागमन शुन्य झैं बनेको छ । पर्यटकीय गन्तव्यको रुपमा निक्कै परिचित गन्तव्य हो यो सिमसार । पर्यटक भित्र्याउन भौतिक पुर्वाधार निर्माणसँगै पोखरीमा बोटिङको समेत व्यवस्था गरिएको छ । पर्यटकहरुको चाप हुँदा राम्रो आम्दानी गर्दै आएका यहाँका पर्यटन व्यवसायीसमेत संकट पर्दै गएको होटल व्यावसायी कृष्ण राईले बताए ।
“पर्यटक आउने सिजनमा बिहानको खाना साँझसम्म पनि खान पाइँन्दैथ्यो” उनले भने, दैनिक रुपमा पाहुनाले होटल सबै भरिभराउ हुन्थे ।” दैनिक ३५ देखि ४० हजारसम्म आम्दानी हुने गरेको व्यवसायीहरु बताउँछन् । तर, अहिले पर्यटकको पर्खाइमा घाम तापेर बस्नु पर्ने अवस्था छ ।
धनकुटा सदरमुकामदेखि १९ किलोमिटर उत्तरतर्फको यात्रा गरेपछि संसारी क्षेत्र पुग्न सकिन्छ । प्रदेश सरकारको २० लाख लगानीमा ४ वटा मिनी चिडियाखाना, शिवको मूर्ति, मूर्ति वरिपरी रेलिङले संरक्षण गरीएका छन् । पर्यटकहरुको आगमन शुन्य बन्दै गएपछिको यहाँको आर्थिक गतिविधिसमेत खस्किँदै गएको स्थानीय अनिल खड्काको भनाइ छ ।
दैनिक १० देखि १५ वटा बस तथा दर्जनौ साना सवारी साधान भित्रिने गरेका थिए । यहाँ आउने पर्यटकहरुबाट २० रुपैयाँको दर दैनिक १२ हजार रुपैयाँसम्म बिक्री टिकट बिक्री भएको सिमसार क्षेत्रका कर्मचारी फक्तबहादुर बस्नेतले बताए । २५ रोपनी क्षेत्रफलमा रहेको सिमसार कोरोनाका कारण पर्यटकहरुको आगमन घट्दै गएको छ । पर्यटक आमगन घटेसँगै यस क्षेत्रको व्यवसायमा समेत गिरावट आएको छ । पर्यटकलाई आकर्षण गर्दै पुनः पर्यटनका गतिविधि लयमा फर्काउन सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्