Logo

जलवायु परिवर्तनको कारण खडेरी र तापक्रम बढ्दै

जलवायु परिवर्तनको कारा नेपालमा खडेरी तथा तापक्रम बढ्दै गएको एक अध्ययनले देखाएको छ ।
गण्डकी र कर्णाली नदी बेसिनमा गरेको अध्ययनले खडेरी र तापक्रम दुवै बढ्दै गएको देखाएको हो । विश्व जल तथा मौसम दिवसको अवसरमा जल तथा ऊर्जा आयोग सचिवालयको मूल आयोजनामा भएको जलवायु परिवर्तन र जलस्रोतबारेको अन्तरक्रियामा अनुसन्धानकर्ता पियुष दाहालले नेपालको खडेरी र तापक्रम बढ्दै गएको तथा भूमिगत पानीको मात्रा भने घट्दै गएको देखाएको बताए ।
आयोग सचिवालयका सहसचिव डा. ऋषिराम शर्माले पछिल्लो १० वर्षमा ०.०५६ डिग्री सेन्ट्रिग्रेट तापक्रम बढेको उल्लेख गर्दै ग्रीन हाउसले जलवायु परिवर्तनमा असर गर्ने बताए । ४० वर्ष अघि हिउँ भएको ठाउँमा अहिले ताल बनेको बताउँदै जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा स्पष्ट रूपमा देखिन थालेको बताए । स्मल अर्थ नेपालका कार्यकारी निर्देशक महेन्द्रबहादुर गुरुङले जलवायु परिवर्तनको असरबारेको जनचेतना सबैका लागि जानकारी राख्नुपर्ने विषय भएको बताए ।
कार्यक्रममा पत्रकारद्वय विकास थापा र सुवोध गौतमले जलवायु परिवर्तन र जलस्रोतका मुद्दाबारे गहन रूपमा अध्ययन गरेर यसलाई उठाउन सके यसले विकासमा सकारात्मक प्रभाव पार्ने बताए ।

प्रतिक्रिया दिनुहोस्