Logo

जतिसक्दो चाँडो निमार्ण कार्य सक्न निर्देशन

प्रधान सेनापतीद्वारा निमार्णाधीन होल्डिङ सेन्टरको निरीक्षण

महेन्द्रनगर – नेपाली सेनाका प्रधान सेनापती प्रभुराम शर्माले कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर स्थित सालघारी क्षेत्रमा हजार जना क्षमताको निमार्णाधिन होल्डिङ सेन्टरको निरिक्षण गरेका छन् । सुदूरपश्चिम प्रदेश आएका सेनापती शर्माले शुक्रवार बिहान होल्डिङ सेन्टर निरिक्षण गरेका हुन् ।
गत वैशाख महिनामा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम नेपाली सेनाले निमार्ण गर्ने भनिएको सालधारी क्षेत्रमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणको कार्य अहिले अन्तिम चरणमा रेहेको छ । नेपाली सेनामार्फत होल्डिङ सेन्टर निर्माणको ठेक्का पाएको हनुमान कन्ट्रक्सन प्रालिले सेन्टरको निमार्णको कार्य अन्तिम चरण्मा पुगाएको छ ।
हाल बेड फिटिङको लगायतको कार्य होल्डिङ सेन्टरमा चलिरहेको छ । निमार्ण कम्पनीले होल्डिङ सेन्टरमा विद्युत् आपूर्तीको लागि ट्रान्समिटर राख्ने काम पनि सम्पन्न गरेको छ । होल्डिङ सेन्टरको ९५ प्रतिशत प्रगती भएको छ ।
“निमार्णाधीन होल्डिङ सेन्टरको निमार्ण कार्य ९० प्रतिशत सकिएको छ, केही समयमा मौसम खराबीका कारणले निमार्ण कार्य निकै प्रभावित भएको अवस्था थियो जसका कारण निमार्ण कार्यमा ढिलासुस्ती भयो ।” कम्पनीका साइड इन्चार्ज लक्ष्मण सापकोटाले भने, “रङ रोगन र केही बेड मिलानको काम बाँकी छ, हामी फल्गुनको अन्तिम साता सम्ममा होल्डिङ सेन्टर सेनालाई हस्तान्तरण गर्छाै ।”
सेनाको श्री नम्बर २५ बाहिरी अड्डा भगतपुर ब्यारेकले होल्डिङ सेन्टरको निमार्णको कार्य हेरिरहेको छ । बाहिनीले निर्माण कार्यको अनुगमन तथा सुपरिवेक्षण गर्ने गरेको छ । त्यसमा प्रधानसेनापती स्वयमं कञ्चनपुर आएर सेन्टरको निरिक्षण गरेका छन् । उनले होल्डिङ सेन्टरको बाँकी निमार्ण कार्य समयमै सम्पन्न गर्न निमार्ण कम्पनीलाई निर्देशनसमेत दिएका छन् ।
“निमार्ण कार्यमा कम्पनीको तर्फबाट केही कमी कमजोरी हुनुभएन, काम पनि समयमै सम्पन्न हुनुपर्छ ।” प्रधान सेनापती प्रभुराम शर्माले निमार्ण कम्पनी सँग भने, “सेनाले तर्फबाट सहजीकरणको कुरामा सेना सकारात्मक रहेको अवस्था छ, सँगै होल्डिङ सेन्टरको गुणस्तरमा समेत कुनै पनि किसिमको कमी नहोस् भन्ने हामी चाहन्छौ, समग्रमा स्टीमेट अनुकार काम भएको हुनुपर्नेछ ।”
निर्माणको कार्य ढिलासुस्ती अथवा निर्माणको कुरामा सेनाले विशेष ध्यान दिएर निमार्ण कार्यलाई सहजता गर्ने गरेको अवस्था छ । तर, पनि निमार्णाधिन होल्डिङ सेन्टरलाई सेनाको तर्फबाट थप सहजता गर्न उनले सेनालाई समेत निर्देशन दिएका छन् ।
२९ करोडमा होल्डिङ सेन्टरको ठेक्का पाएको निर्माण कम्पनीले फाल्गुन मसान्त सम्म होल्डिङ सेन्टर सेनालाई हस्तान्तरण गर्ने जनाएको छ । सेन्टर निमार्ण कार्य अन्तिम चरणमा भएपनि पानी तथा होल्डिङ सेन्टर आवतजावत गर्ने बाटोमा भने समस्या रहेको छ । लागत स्टीमेटमा उक्त विषय नसमेटिएको हुनाले समस्या भएको र केही दिनमा समस्या सामाधान गरिने प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेको भनाई छ ।
“सेनाको तर्फबाट प्रधान सेनापती मार्फत नै निरिक्षणको क्रममा लागत स्टीमेटका नसमेटिएको कुरालाई थपेर भएपनि गर्न निर्देशन भएको छ, यसले गर्दा बाटोको समस्था पनि सामाधान हुने र होल्डिङ सेन्टर सञ्चालन गर्नको लागि सहज हुने हाम्रो अपेक्षा रहेको छ ।” प्रमुख जिल्ला अधिकारी पाण्डेले भने, ।
तीन बिगाहा क्षेत्रफलमा निमार्ण भएको स्थायी होल्डिङ सेन्टरको बाइस वटा अलग अलग ब्लग निर्माण भएका छन् । निमार्ण भएका सबै ब्लगमा बाधरुम, भान्सा, डाइनिङ रुम लगायतको महत्वपूण सेवासुविधा सहित होल्डिङ सेन्टर निर्माण भएको छ । नेपाल सरकारले भारतबाट भित्रिएका नेपाली नागरिकहरूलाई कोरोना संक्रमण भए–नभएको परीक्षण गरेर मात्रै गन्तव्यमा जान दिने वा अस्पताल÷आइसोलेसनमा पठाउने गरी वैशाख महिनाको मन्त्रिपरिषद् निमार्णले नेपाल–भारत सीमानाका नजिकै ८ र उपत्यकामा २ गरी १० ठाउँमा प्रत्येकमा हजार जना मानिस अट्ने क्षमताका होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो । झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रूपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी तथा काठमाडौं उपत्यकामा दुई ठाउँमा संरचना बनाउने निर्णय गरिएको थियो । मन्त्रिपरिषद्को निर्णय बमोजिम नै कञ्चनपुरमा पनि होल्डिङ सेन्टर निमार्ण भएकोे हो ।

प्रतिक्रिया दिनुहोस्