Logo

धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा पाँचौं संशोधन


सरकारले धितोपत्र दर्ता तथा निष्काशन पाँचौ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । त्यस्तै बैठकले राष्ट्रिय प्रशारण (एघारौं संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने भएको छ । सरकारले मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नम्बर १८ मा हिमालयन कृषि फार्मलाई केन्द्रविन्दु मानी बर्डफ्लू रोग प्रभावित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।
सिंगापुर, इटालीको रोम र रोमानियाको बुखारेष्टमा कार्यरत अवैतनिक नेपाली महावाणिज्यदूतहरुको अवधि थप गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ । त्यस्तै, डिजिटल प्रणालीमार्फत् नापनक्सा तथा जग्गा प्रशासन सम्बन्धि सेवा प्रवाह निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ ।
पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना कार्यान्वयनले गोरखाको कार्यक्षेत्र भित्र पर्ने नुवाकोट जिल्लाको सडक सीमा भित्र परेका तीन वटा घर टहराको राहत स्वरुप क्षेतिपूर्ति उपलब्ध गराउन स्वीकृत प्रदान गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्