सेती नदी जलविद्युत आयोजनाको अवलोकन

पोखरा- गाण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले शनिबार सेती नदी जलविद्युत आयोजनाको अध्ययन तथा अवलोकन गरेका छन् । उक्त आयोजनामा हालसम्म करिब ४० प्रतिशत निर्माण कार्य सम्पन्न भएको रेसिडेण्ट इन्जिनियर रामराज कोइरालाले बताए ।
माछापुछ्रे गाउँपालिका–२ सार्दिखोलास्थित भराभरीमा निर्माण हुन लागेको सेती नदी जलविद्युत आयोजना डिसेण्डिङ वेसिन (पाइप सिस्टम) बाट निर्माण हुन लागेको २५ मेगावाट क्षमताको उक्त जलविद्युत परियोजनाको काम हाल तीव्र गतिमा अघि बढेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष जगत पोखरेलले बताए । उक्त परियोजनामा करिब पाँच अर्बको लगानी हुने भएको छ ।