बडी बटर क्रिम नेपाली बजारमा «

बडी बटर क्रिम नेपाली बजारमा

आफ्नो शरीरलाई माया नगर्ने कमै मानिस होलान् । नभए प्रायःले शरीरको ख्याल राख्छन् । सानो चोट पनि नलागोस् भन्ने सोच्छन् । शरीरमा घाउ–चोटको निसाना नहोस् भन्ने ठान्छन् ।
शारिरिक रूपमा शरीरको ख्याल गर्न छालाको स्याहारसँगै सुरू हुन्छ । दैनिक मोइस्चराइजर लगाउने गरे छालाको स्याहार हुन्छ । रुखापन हटेमात्रै छालामा हत्तपत्त चोट लाग्दैन । छालाको ख्याल राख्न बडी सपका बटर निकै उपयोगी छ । यसले छालालाई आवश्यक पोषणतत्वहरू जोगाइराख्छ ।
जाडो महिना होस् या अन्य हरेक मौसममा हाम्रो छालाभित्रको मोइस्चर हावाले सोस्छ र छाला फुस्स्रो पारिदिन्छ । फुस्रो छालामा स–साना कारणले पनि घाउ हुन्छ । यस्तोमा छालामा मोइस्चराइजर लगाउने बानी राम्रो हो । बडी बटरले यो काम गर्छ। यसले छालालाई लामो समयसम्म मोइस्ट राख्छ । र, छालाको मोइस्चर हत्तपत्त हावाले सोस्नबाट रोक्छ ।
त्यस्तै, बडी बटरले हाम्रो छालामा देखिने स–सानो दर्का र चाउरिपनलाई पनि कम गर्न मद्दत गर्छ । यो बडी बटर हात र खुट्टाहरूको छालाको लागि बढी उपयोगी र प्रभावकारी छ । विशेष हामीले अनुहार पछि ख्याल राख्नुपर्ने पनि हात र खुट्टाको छाला हो । किनभने हावासँग बढी प्रतक्क्ष आउने यिनै भाग हुन् ।
हात–खुट्टाको छाला नरम राख्दा कस्तो प्रडक्ट प्रयोग गर्नेमा पनि ध्यान पु-याउनुपर्ने छाला तथा सौन्दर्य रोग विषेशज्ञहरू बताउँछन् । यस्तोमा बडी बटर विश्वस्तरीय मान्यता प्राप्त बडी सपको प्रडक्ट रहेकोले हरेक प्रकारको छालाको लागि उपयुक्त ठहराइएको छ । सन् १९९२ मा पहिलो पटक बडीसपले बडी बटर सार्वजनिक गरेको थियो ।
बजारमा स्ट्रबेरी, ब्रिटिस गुलाफ, बदाम दूध, एभोकाडो, सिया, अर्गन, जैतुन, म्याङ्गोलगायत विभिन्न १३ वटा फ्लेबरमा यो बडी बटर उपलब्ध छ । बडी बटरहरू ‘द भिगन सोसाइटी’ बाट मान्यता प्राप्त हुन् । यो ९५ प्रतिशत प्राकृतिक सामग्रीबाट बनेका हुन् भने यसले एक पटकको प्रयोगमा ९६ घण्टासम्म छालालाई सुख्खा हुनबाट रोक्छ ।

प्रतिक्रिया दिनुहोस्