Logo

मनाङमा एक महिनासम्म हिमपातले जनजीवन प्रभावित

मनाङमा यस वर्ष एक महिनाभन्दा बढी हिमपात भयो । मंगलबारसम्म पनि हिमपात भइरहेको छ । जिल्लाको तल्लोे भेगमा वर्षा भएको छ भने जिल्लाको माथिल्लो भेगमा अझै हिमपात भइरहेको छ । हिमपातले मानवलगायतको जीवन र वातावरणीय पक्षमा पनि प्रभावित तुल्याएको छ ।
हिमपातले सडकमा समस्या थपेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले चामे नजिकै गएको हिउँ पहिरो हटाउन र सडकमा भएका सानाठूला पहिरो तथा सडकमा ठलेका रूख चाँडै नै हटाइ सवारी साधन चलाउने प्रयास सुरु गरिएको बताए ।
चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले पनि पहिरोको अवलोकन गरी हटाउन सबैसँग सहयोग मागिएको बताए । प्रजिअ देवकोटाले ठूलो मात्रामा हिउँपहिरो आएकोले हटाएर कहिले सवारी साधन चलाउन सकिन्छ भन्ने एकिन नभएको बताए । बारम्बार एकास्काभेटरले हिउँफालेर सडक सञ्चालन गर्दै आएतापनि १५ गते गएको हिउँपहिरोले सडकमा रुख लडेको थियोे । अबरुद्ध सडक खुलाउने प्रयास जारी छ । अहिले जिल्लाको दाना क्युसम्म मात्र सवारीका साधन चल्छ ।

 

प्रतिक्रिया दिनुहोस्