नारायणी डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न

नारायणी डेभलपमेन्ट बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थालाई तोकिएको चुक्ता पुँजी यही आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्यका साथ सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७७÷०७८ को लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै आव २०७८÷०७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिका लागि आवश्यक कार्य गर्न सचालक समितिलाई अख्तियारी समेत दिने निर्णय गरेको छ ।