Logo

बजार अनुगमन तीव्र बनाइँदै

डडेल्धुरा- खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेल्धुराले बजार अनुगमनलाई तीव्र बनाएको छ । डिभिजनले यहाँका विभिन्न बजारको पसलमा अनुगमन थालेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय अधिकतृको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय घरेलु कार्यालय, स्थानीयतह, प्रहरी संयुक्त टोलीले यहाँका बजारमा अनुगमन गरेको छ । अनुगमनका क्रममा टोलीले २० हजार रुपैयाँ बराबरको म्याद नाघेका ५ केजीको ८२ बोरोबटो जफत गरी नष्ट गरिएको छ । मुजुल्का उठाई आवश्यक कारबाही अगाडि बढाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेल्धुराकाकार्यालय प्रमुख गणे दत्तजोशीले जानकारी दिए ।
अनुगमनका क्रममा खाद्य, किराना तथा विभिन्न उपभोग्य साम्रगी बिक्रीवितरण गर्ने केही पसलबाट म्याद नाघेका वस्तु बरामद गरिएको जनाएको छ । त्यसमा खाद्य मिति सकिएका खाद्य वस्तु दर्जन बरामद गरिएको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्