कमेडी क्लब विथ च्यम्पियन्स आउदै «

कमेडी क्लब विथ च्यम्पियन्स आउदै

हास्य व्यंग्य विधाको नयाँ रियालिटी सो आउने भएको छ ।
कि इन्टरटेन्मेन्ट र थ्री प्रोडक्सनले संयुक्त रुपमा कमेडी क्लब विथ च्यम्पियन्स नामको हास्य व्यंग्य विधाको नयाँ रियालिटी उत्पादन गरि प्रशारण गर्ने भएका हुन् । बुधबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै कि इन्टरटेन्मेन्टले कमेडी क्लब विथ च्यम्पियन्स आगामी माघ महिना देखि हरेक सोमबार नेपाल टेलिभिजनमा प्रशारण गर्न लागेको बताएको छ ।
सोमबार बेलुकी ८ः५० बजे प्रशारण हुने कमेडी क्लब विथ च्यम्पियन्समा कमेडी च्याम्पियन सिजन १ र २ का कलाकारहरूको प्रस्तुति रहने बताइएको छ । कार्यक्रममा मुख्य कलाकारको रुपमा पवन भट्टराई, उमेश राई (फुलन्देकी आमा), मेक्सम गौडेल, श्रेया सुवेदी, साजन श्रेष्ठ सुमन कार्की र कैलाश कार्की रहने बताइएको छ । हासो र व्यंग्य मार्फत परिवार समाज र आम जनमानसमा मनोरंजन प्रदान गर्ने उद्देश्य कार्यक्रमले लिएको आयोजक संस्था कि इन्टरटेन्मेन्टले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्