श्वेताको एकीकृत माझी बस्ती अझै ऋणमा

सरकारी अनुदान समयमै नपाएपछि अभिनेत्री श्वेता खड्काको अगुवाईमा निर्माण भइरहेको एकिकृत माझी बस्ती ऋणमा डुबेको छ । बस्ती निर्माण रोकिएपछि श्वेताले आफ्नै घर धितो राखेर कामलाई तीव्रता दिए पनि सामग्री खरिदकोसमेत पैसा तिर्न नपाएपछि ऋणमा डुबेको हो ।
माझी बस्ती चौतरा साँगाचोकगढी नगरपालिका १४ मा निर्माण भइरहेको छ ।
श्वेताले आवास निर्माणका लागि घर धितो राखेर ३० लाख रुपैयाँ ऋणसमेत लिएकी थिइन् । पछिल्लोसमय पूर्वाधार विकासका क्रममा माझी समुदायकै नाममा लिएको ऋण तिर्न सकिएको छैन । श्वेता फाउण्डेसनले निर्माण गरिरहेका झ्ँयाडी एकीकृत बस्तीका हरेक परिवार अहिले ऋणमा छन् । चौतारा सा“गाचोकगढी नगरपालिकास्थित झ्याडीगाउ“मा निर्माणाधिन एकीकृत माझी बस्ती आर्थिक समस्यामा परेको फाउन्डेसनले जनाएको छ ।
श्वेताको अगुवाईमा निर्माणाधिन बस्तीमा विभिन्न समस्या आइपरेको फाउण्डेशनकी अध्यक्ष एवं अभिनेत्री श्वेता खड्काले बताइन् । ‘माझी बस्तीमा ५६ घर निर्माण गरिएको छ ।’ उनी भन्छिन्, ‘विभिन्न संरचना नर्माण कार्य तीब्र गतिमा भइरहेकै छ ।’
बस्ती निर्माणलाई तीव्रता दिनका लागि ढुवानी गर्न सडक क्षतिग्रस्त भएकाले कठिनाई भइरहेको थियो । समयमै सरकारी अनुदानसमेत पाउन नसकेपछि फाउन्डेसनले पाएको सहयोग र थप ऋण गरेर बस्ती निर्माणमा जोड दिइएको हो ।
अहिले फाउन्डेसन र माझी परिवारलाईं ऋणको बोझ थपिएपछि सो ऋण तिरिदिने आश्वासनसमेत आएको छ । उद्योग बाणिज्य महासंघअन्तर्गत कृषि उद्यम केन्द्रले सञ्चालन गरिरहेको किसानसँग साक्षात्कार कार्यक्रममा ऋण तिरिदिने अभियान सञ्चालन गरिने फाउन्डेसन र माझी परिवारले आश्वासन पाएका छन् ।
सिन्धुुपाल्चोक उद्योग बाणिज्य संघको समन्वयमा श्वेताको बोझलाई महासंघ, पाँचखाल नगरपालिका, चौतारा साँगाचोकगढी नगरपालिकाले संयुक्त अभियान चाल्ने भएको हो । किसानसँगको साक्षात्कार कार्यक्रम सोही माझी बस्तीमा आयोजना गरिएको थियो । कार्यक्रममा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले श्वेताको बोझमा आफूहरू पनि समाहित भएको बताए । ‘सामाजिक काममा हात्तेमालो गर्न जरुरी हुन्छ ।’ पौडेलले भने, ’राम्रो कामको थालनी गर्नुभयो अब यसलाइ पूणतादिन हामी विभिन्न अभियान चलाउनेछौँ । ‘अभियानमा सहयोग गर्नु सबैको दायित्वो हुने उनको भनाइ छ ।’
फाउन्डेसनकाअनुसार अहिले हरेक माझी परिवार करिब ४ लाख रुपैयाँ ऋणमा छन् । आर्थिक उपार्जनको बाटो नभएका कारण उनीहरूलाई यो ऋण सकस भइरहेको छ । बिहान बेलुकिको छाक र्टान ज्याला मजदुरी गर्नेहरू थप ऋण थाप्लोमा आइलाग्दा मारमा परेका हन् ।
ऋण तिर्न विभिन्न संघ–संस्थासँग आवश्यक समन्वय गरिने सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका महासचिव शम्भुबहादुर तिमिल्सिनाले बताए । ‘उत्पादनसँग जोड दिई माझी परिवारलाई आर्थिक रुपले सवल बनाउने अभियानको सुरुआत हुन्छ ।’ उनी भन्छन्, ‘हरेक परिवारका सदस्यहरूलाइ उत्पादन मूलक सिप वा रोजगारीको अवसर दिन सक्यौँ भने सहज हुनेछ ।’ यस विषयमा विभिन्न संघसंस्था एवम् निकायहरूसंग समन्वय भैरहेको महासचिवले सुनाए ।
फाउन्डेसनको अगुवाईमा झ्याडी टोल सुधार समितिले एकिकृत बस्ती निर्माण गरिरहेको छ । निर्माणाधिन ५६ घरसहित अधिकांश संरचना निर्माण भइसकेको छ । आर्थिक अभावका कारण समयसीमा भन्दा निकै ढिला काम भएको हो । यसअघि ऋणका लागि सबै प्रक्रिया सकिनै लाग्दा सरकारी निर्णयले थप समस्या उत्पन्न गराउँदा काममा ढिलाई भएको हो । किर्तिपुर नगर उद्योग बाणिज्य संघकी अध्यक्ष एवं कृषि उद्यम केन्द्रकी सदस्य राज्य लक्ष्मी शाहले गाउँमै रोजगारीको अवस्था सिर्जना गर्न पहल गरिने आश्वासन दिइन् । गाउँमानै व्यवसायीक कृषि र उधोग कारखानाहरूको विकास गरी सबै परिवारलाई रोजगारी बनाउने योजना जरुरी छ । उनि भन्छिन्, ‘यस ठाउँको आर्थीक जिवन स्तर उकासने दायित्वो बहन गर्ने बेला अहिले आएको छ ।’ सम्भावित अर्थोउपाजनका सम्पूर्ण कामहरू अघि सार्ने विश्वास उनिले व्यक्त गरिन् ।
बस्तीमा बन्ने सबै घरको पहिलो किस्ता लिएर काम थालिएको बस्तीको कार्यमा सिन्धु क्रियटिभ प्राइभेट लिमिटेडले १२ वटा डिपीसी बनाएको थियो । क्रियटिभले कामलाई गति नदिएपछि झ्याडी टोल सुधार समितिले स्थानीयले श्रमदानलगायत सहयोग गरेर बस्ती ठड्याउन पहलकदमी लिइको हो ।
फाउन्डेसनले बस्तीमा भौतिक पूर्वाधारको सम्झौता गरेको थियो । सबै आवास बनिसकेपछि बायोग्यास, सामुदायिक भवन, खुल्लामञ्च, पानीको फोहोरालगायतमा एक करोड ४० लाख रुपैयाँमा श्वेता श्री फाउण्डेसनले सम्झौता गरेको छ ।
सरकारी निकाय, निजी क्षेत्र र लाभान्वित वर्ग बिचको साझेदारीको नमूना यो परियोजना हो । बस्तीमा एकै आकारका, एकै रगंका, सुन्दर तथा आकर्षक घरहरू निर्माण गरिएको छ । बिजुलीबत्ती, खानेपानी, सामुदायिक भवनहरू निर्माण गरी हरियाली नमुना गाउँको निर्माण गरी पर्यटन प्रवद्र्धनका लागि आकर्षक पूर्वाधारसमेत बनाई होमस्टे राख्ने अभियानमा समेत फाउन्डेसन रहेको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयले माझी गाउँमा भौगोलिक अनुगमन गरेर एकिकृत बस्ती बनाउन अनुमति दिएपछि यो अभियान सुरु गरिएको हो । बस्तीमा २८ रोपनी जग्गा ओगट्ने त्यसमध्ये २० रोपनीमा आवास निर्माण भइरहेको छ ।