पहिरोको उच्च जोखिममा तुँखाको याखा गाउँ

धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा रहेको तुँखाको याखा गाउँमा सुक्खा पहिरोको जोखिममा परेपछि स्थानीयले बस्ती स्थानान्तरणको माग गरेका छन् ।
यो गाउँमा गत ६ असोजमा परेको वर्षापछि पहिरो जान थालेको र अहिले पूरै गाउँ नै सुक्खा पहिरोको जोखिममा रहेको स्थानीय गंगाप्रसाद याखाले जानकारी दिए । अहिले यहाँ बाटो, बारीका डिल भासिएर त्यहाँ लगाएका सुन्तला, अलैंचीबारी तल सर्न थालेका छन् । खेतीपाती लगाउँ स्थानीयले जोतखन गरेका बारीसमेत आधाकाम गररे त्यसै छाडेका छन् । घरहरू समेत चिराचिरा भएर बस्न नसकिने अवस्था भएकाले आफूहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिदिन आफूहरूले आग्रह गर्दै आएको याखाको भनाइ छ । कतिपय आफन्तको घरमा बस्दै आएको उनले बताए ।
स्थानीय विष्णुप्रसाद याखाले भने, “आफ्नो जे भएको यहीं छ अर्कोकोमा कतिन्जेल बस्ने जीविका चलाउनै प¥यो तर अब भने यही गाउँमा बसेर जीवनयापन गर्न सकिन्छ जस्तो छैन जाउँ जाने ठाउँ छैन् नजाउँ ज्यान जोखिममा राखेर कति बस्ने ।” स्थानीय धनमाया याखाले भनिन्, “यस गाउँभन्दा अन्त आफ्नो जग्गा जमिन नभएकाले पहिरोले बग्दै गएकै भए पनि यसै गाउँमा बस्न बाध्य भएका छांै ।” पहिरोका कारण जोखिम यस गाउँका ७० परिवारका पाँच सयभन्दा बढी मानिस बसोबास गर्ने गरेको वडाध्यक्ष पलकबहादुर बस्नेतले जानकारी दिए । उनले भने, “यहाँका मानिस तत्काल कहीं बसाइँ सरेर जाने अवस्था छैन यहीं बसेर गरिखान बालिनाली लगाउने अवस्था पनि नरहेको र आफूहरूसँंग स्रोत साधन छैन जसले गर्दा पहिरोको उच्च जोखिम हँुदासमेत स्थानान्तरण गर्न सकिएको छैन ।”
सहायक प्रमुख जिल्ला अधिकारीले भने गाउँ जोखिममा रहेको भन्ने कुरा आफूहरूसम्म गाउँपालिकामा रहेको विपत व्यवस्थापन समितिले जानकारी नगराएको बताए । स्थानीय बासिन्दाले भने तत्काल भूगर्भविद् ल्याई यस ठाउँको भौगर्भिक अध्ययनसँंगै आफूहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरणको माग राखेका छन् ।