१० वर्षमा नयाँ पुस्तालाई धनी पुस्ताको रुपमा विकसित गर्ने सरकारको चाहना «

१० वर्षमा नयाँ पुस्तालाई धनी पुस्ताको रुपमा विकसित गर्ने सरकारको चाहना

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै क्षेत्रको एउटै लक्ष्य मुलुकको समृद्धि हुनुपर्ने बताएका छन् ।
नेपाल सरकारका प्रवक्ता मन्त्री कार्कीले सरकारले निजी क्षेत्रसँग मिलेर १० वर्षमा नयाँ पुस्तालाई धनी पुस्ताको रुपमा विकसित गर्न चाहेको पनि स्पष्ट पारे । नेपाल चेम्बर अफ कमर्सले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले मुलुकको समृद्धिका लागि निजी क्षेत्रसँग ठूलो अपेक्षा गरेको पनि बताए । उनले व्यवहारबाटै नयाँ पुस्तालाई दश वर्ष भित्र धनी बनाउन सबैले समृद्धिको अभियानलाई अघि बढाउनुपर्ने बताए । मन्त्री कार्कीले भने, ‘निजी क्षेत्र, जसले मुलुकको आर्थिक गतिविधिलाई अगाडि बढाउनका निमित्त, मुलुकलाई समृद्धिको दिशामा लैजानका निमित्त जुन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । त्यो क्षेत्रसँग अपेक्षा पनि गरेको छ । अवको आउने पुस्तालाई धनी पुस्ता बनाउनका निमित्त हामी सबै एकजुट भएर लागौं भन्दै उनले हामी सबै एकजुट भएर लाग्यौं भने १० वर्षमा दस्तावेजमा होईन्, कार्यक्रममा, भाषणमा होईन व्यवहारमै विदेश जाँदाखेरी आत्माग्लानी हुनुनपर्ने पुस्ताको रुपमा विकसित गर्न सकिने उनले भनाइ थियो ।
नेपाल चेम्बर अफ कमर्सले पुर्याएकोे योगदानको प्रशंशा गर्दै उनले आगामी दिनमा अरु थप कामहरु गरेर अरु महत्वपूर्ण भूमिका निर्वाह गर्न पनि आग्रह गरे ।
मन्त्री कार्कीले मुलुकलाई समृद्ध बनाउन नेपाल चेम्बर अफ कमर्सले मुलुकको समृद्धिका लागि थप योगदान दिने विश्वास समेत व्यक्त गरे । कार्यक्रममा उनले नेपाल चेम्बर अफ कमर्सको ७० वर्ष पुगेको अवसरमा ५ रुपैया दरको हुलाक टिकटको प्रथम दिवशीय आवरणमा टांचा प्रदान गरेका थिए ।
उक्त अवसरमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले संस्मरणात्मक हुलाक टिकट प्रकाशन गरी दिएकोमा संचार तथा सूचना प्रबिधि मन्त्रालयलाइ आभार प्रकट गरे ।
स्वागत मन्तव्यमा अध्यक्ष मल्लले नेपाल चेम्बर अफ कमर्सको स्थापना वि.स. २००७ सालमा भएको र सबै भन्दा पुरानो र अग्रणी वाणिज्य संगठनको रूपमा रहेको सरण गर्दै नेपाल चेम्वर अफ कमर्स नेपाली व्यवसायीहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी घरेलु तथा विश्व बजारमा नेपाली व्यापार क्षेत्रको दिगो विकास गर्ने कार्यमा क्रियाशील रहेको बताए । नेपाल चेम्बर अफ कमर्स “चेम्बर अभियान” लाई विस्तार गर्न र व्यावसायिक क्षेत्रको सशक्तीकरणका लागि प्रतिबद्ध रहेको बताउंदै निजी र सरकारी क्षेत्र बिच समन्वयकारी भूमिका निर्वाहमा चेम्वरको अहम भूमिका रहेको पनि बताए ।
सो अवसरमा बिशिष्ट अतिथि संचार तथा सूचना प्रबिधि सचिव डा.वैकुण्ठ अर्यालले मुलुकको आर्थिक बिकासको लागि नेपाल चेम्वर अफ कमर्सले निर्वाह गरेको भूमिकालाइ कदर गर्दै चेम्वरको ७० औ वार्षिक उत्सवको अवसरमा हुलाक टिकट प्रकाशन गरिएको बताए ।
शुक्रबार प्रकाशित हुलाक टिकटले नेपाल चेम्वर अफ कमर्सको पहिचान सहित चेम्वर अभियानलाइ बिश्वव्यापी बनाउन मद्धत पुग्ने बताउदै आगामी दिनमा चेम्वरले आफ्नो लक्ष हाशिल गर्न सफलताको कामना पनि गरे ।

प्रतिक्रिया दिनुहोस्