सरकारको निर्णयप्रति मुद्रण महासंघको आपत्ति «

सरकारको निर्णयप्रति मुद्रण महासंघको आपत्ति

सरकारले किताब छपाइमा जनक शिक्षा सामग्री केन्द्रलाई मात्रै एकाधिकार दिएको भन्दै नेपाल मुद्रण उद्योग महासंघ विरोध जनाएको छ ।
महासंघले सरकारी विद्यालयका १ देखि ४ कक्षासम्मको किताब छाप्दै आएको निजी क्षेत्रलाई यस वर्ष भने ३ कक्षासम्मका मात्रै छाप्न जिम्मा दिएको भन्दै विरोध जनाएको हो । जनक शिक्षालाई एकाधिकार दिएकाले नै समयमै विद्यलायमा किताब पु¥याउन नसकेको महासंघको आरोप छ ।
शैक्षिक सत्र २०७९ का लागि पाठ्यक्रम विकास केन्द्रले निजी क्षेत्रसँग कक्षा १ देखि ३ सम्मका किताब छपाइका लागि मात्रै बोलपत्र माग गरेको छ । गत शैक्षिक सत्रमा १ देखि ४ कक्षासम्मको किताब छाप्न निजी क्षेत्रले पाएको थियो । अहिले आगामी वर्षका लागि त्यसमा एक तह घटाएर छपाइको जिम्मा दिन लागेको भन्दै महासंघमा आवद्ध व्यवसायीले विरोध जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्