श्रम आप्रवासनको चुनौती र स्वदेशमा रोजगारीको यथार्थ «

श्रम आप्रवासनको चुनौती र स्वदेशमा रोजगारीको यथार्थ


मानव सभ्यताको व्रmमसँगै विभिन्न कारण अनि मान्यताअनुरूप आप्रवासन विभिन्न स्वरूप अनि प्रकृतिमा परिवर्तन हुँदै आएको छ । यसरी मानिसहरूलाई चाहिने सुलभ बासस्थान, सुरक्षा अनि कृषिजन्य भूमिको खोजीमा सुरुसुरुमा व्यक्ति अथवा समुदायले एक ठाउँबाट अर्को ठाउँमा बसाइँसराइ गर्ने गर्थे भने सभ्यताको व्रmमसँगै कोरिएका कृत्रिम देश अनि भूभागका काल्पनिक रेखानुसार विकसित ठाउँमा लालायित भएर बसाइँ सर्ने व्रmम विद्यमान छ ।
तर, कतिपय प्राकृतिक विपित्तका कारणले अनि युद्धका कारणले पनि बसाइँसराइ गर्ने मान्छेहरूको फेहरिस्त इतिहासले बयान गरेकै छ । आजको एकाइसौं शताब्दीमा पनि आप्रवासनको कुरा गर्दा विभिन्न कारणले शरणार्थी बनेका मानव अनि तिनका पीडाहरू पनि सम्झिन जरुरी छ ।
विश्वको परिप्रेक्ष्यलाई अवलोकन गर्ने हो भने इराक, अफगानिस्तान, सिरिया, लिबिया, भुटानलगायत देशका शरणार्थीहरू अनि उनीहरूले भोगेका शारीरिक, मानसिक तथा देश छाड्नुपर्दाको भावनात्मक पीडाले दिएको दुःखाइमा सारा संसारको ऐक्यबद्धतासहितको स्वर जरुरी छ । नेपाल पनि एउटा खुला अनि मानवताप्रदायक देश हो, जसले इतिहासका विभिन्न कालखण्डमा छिमेकी शरणर्थीहरूलाई सहृदय स्वागत गरेको छ ।
फलतः तिब्बती शरणार्थीहरूलाई सहृदय बास दिएको नेपालले व्रmमशः नेपाल–भारतको पूर्वी नाकाबाट अमानवीय तरीकाले नेपालतर्फ धपाइएका भुटानी शरणार्थीहरूलाई पनि आफ्नो खुला छातीमा स्नेहमयी स्थान दिएको थियो । आजका दिन ती सम्पूर्ण नजिकका तर आगन्तुक पाहुनारूपी शरणार्थीहरूलाई हामीले न्यानो र मीठो सम्झना बाँड्ने गरेको इतिहास साक्षी रहेको छ । यसर्थ विश्वमा रहेका २३ करोड मानिस आप्रवासीहरू रहेको अनुमान गरिएको छ ।
त्यसमध्ये २५ प्रतिशत एसिया तथा प्रशान्त क्षेत्रमा रहेबाट पनि गरिबी र बेरोजगार एसिया महादेशमै रहेको पुष्टि हुन जान्छ । यसरी सरकारले नागरिकलाई आप्रवासी बनाउनतर्फ नलागी देशभित्रै रोजगारीको अवसर सिर्जना गरी देश विकासमा लाग्न शिक्षा, स्वास्थ्य, रोजगार, तालिमलगायतका क्षेत्रहरूमा पहलकदमी लिनुपर्छ ।
यसरी स्वदेशमै एजेन्ट र म्यानपावर कम्पनीबाट ठगिने र विदेशमा अलपत्र पर्ने संख्यालाई न्यूनीकरण गर्नका लागि सरकारले त्यस्तो कार्य गर्नेलाई हदैसम्मको कारबाही गरिनुपर्छ, जसले  विदेशमा भएका कामदारहरूको शान्तिसुरक्षा, पारिश्रमिकलगायत सम्पूर्ण क्षेत्रमा काम गर्नुपर्छ । यसरी सरकार स्वयं नियामक निकाय भएकाले कानुनको अक्षरशः कार्यान्वयन गर्दै वैदेशिक रोजगार क्षेत्रमा न्याय र सुशासनको प्रत्याभूति दिलाउनुपर्छ, नियोगहरू सरकारकै अभिन्न अंग भएकाले न्याय र सुशासनको अनुभूति दिलाउन मद्दत गर्नुपर्छ । अपितु सरकारले स्वदेशमा रोजगारीका विकल्प तयार गर्न नसक्दा हरेक वर्ष ५ लाख नेपाली श्रम बजारमा प्रवेश गर्छन् ।
उक्त श्रम शक्ति सर्वेक्षण २०७५ अनुसार काम गर्ने उमेर पुगेका कुल २ करोड ७ लाखमध्ये केवल ७० लाख ८७ हजार अर्थात् एकतिहाइले मात्र नेपालमा आंशिक वा पूर्ण रोजगारी पाएका छन् ।
यसका साथसाथै नेपाल राष्ट्रिय मानव अधिकार आयोगको हालैको एक अध्ययन प्रतिवेदनअनुसार ५६ प्रतिशत श्रमिकहरूले पहिला भनिएबमोजिम तलब, खाना खर्च वा अतिरिक्त कामको पारिश्रमिक नपाएको र ३७ प्रतिशतलाई कामको प्रकारमा झुक्याइएको भन्ने उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । यसरी सरकारले स्वदेशमा श्रमिकहरूलाई काम दिन नसकेपछि हाम्रा देशका गाउँघर युवाशक्तिविहीन हुन गएका छन्, जसको सबैभन्दा ठूलो भार कृषिक्षेत्रमा पर्न गएको छ ।
यसै कारणले गर्दा कृषि उत्पादन तुलनात्मक रूपमा बढ्न सकेको छैन भने कतिपय निर्माण क्षेत्रमा महँगो मूल्यमा भारत तथा बंगलादेशबाट कामदार ल्याएर काम गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । सिद्धान्ततः देशको आर्थिक विकास र समृद्धिको आधारका रूपमा रोजगारीलाई लिने गरिन्छ । यसर्थ दक्षिण एसियामा नै अरू देशभन्दा मेहनती कामदार उत्पादन गर्ने देशका रूपमा नेपाललाई लिन सकिन्छ । पछिल्लो जनगणनाअनुसार युवाको जनसंख्या १ करोड ६ लाख ९० हजार अर्थात् कुल जनसंख्याको ४०.३४ प्रतिशत रहेको छ । यसको ठूलो हिस्सा अझै पनि विदेशी भूमिमा वैदेशिक रोजगारीका लागि गएका छन् ।
सरकारले नेपालमा नै रोजगारीको विकल्प विकास गर्न नसक्दा नेपाली युवाहरू विदेशी भूमिमा गएर रगत र पसिना बगाउन बाध्य भएका छन् । अतः देशको कुल घरपरिवारको करिब ५५.८ प्रतिशत घरघुरीहरूले प्रत्यक्ष रूपमा विप्रेषण प्राप्त गरिरहेको भए पनि देश विकासमा भने युवालाई सदुपयोग गर्न सकिरहेको अवस्था छैन । वस्तुतः सरकार भने कुल गार्हस्थ्य उत्पादनको करिब २५ प्रतिशत वैदेशिक रोजगारीले योगदान छ भनेर गर्व गरिरहेको छ । यसका साथै क्षेत्रगत रूपमा कृषि, पर्यटन, उद्योग आदि क्षेत्रहरूमा माग र आपूर्तिको अवस्था र सोअनुसार क्षेत्रगत र समग्र रूपमा जनशक्ति प्रक्षेपण र विकास गर्नुपर्ने हुन्छ ।
हाम्रो देशमा रहेको कमजोर श्रम सम्बन्ध सुधार गरी लगानीमैत्री एवं शान्तिपूर्ण औद्योगिक वातावरण सिर्जनामा शीघ्रता आउन नसक्नु स्वदेशमा रोजगार सिर्जना नहुनुको अर्को कारण हो । आजको वर्तमान युगमा विकास, अवसर अनि आप्रवासनको गहिरो सम्बन्ध छ, नत्र कलकलाउँदो खोला, चाँदीजस्तो हिमाल अनि हरियालीका फाँटहरू छाडेर नेपालीहरू अरबका मरुभूमि अनि अन्य विश्व कन्दरामा किन पुग्थे र ? यसरी नै सीप, पँुजी र प्रविधिमा बहुसंख्यक जनताको आवश्यक पहँुच पु¥याउन नसक्नु सरकारको कमजोरी रहेको छ ।
देश बिस्तारै अगाडि बढे पनि नयाँ रोजगारीका अवसरहरू सिर्जना हुने गरी समग्र आर्थिक क्रियाकलाप सञ्चालन हुन सकेको छैन । अतः वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०५०÷०५१ देखि २०७७÷०७८ सम्ममा नेपाल सरकारले ५६ लाख ५० हजार जनालाई वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति दिएको जनाएको छ । त्यसरी नै पाँच वर्षभित्रमा सबै नेपालीलाई न्यूनतम रोजगारी सुनिश्चित गर्ने भन्ने नेपाल सरकारको २०७५ जेठ ८ को घोषणापछिको तीन आर्थिक वर्षमा मात्रै १६ लाख ७५ हजार ७ सय ६६ श्रम स्वीकृति जारी भएको देखिन्छ । यसलाई वार्षिक औसत सालाखालामा अनुमान गर्ने हो भने ४ लाख १८ हजार ९ सय ४२ हुन्छ ।
अन्त्यमा भन्नुपर्दा विश्वको जनसंख्याको करिब ३.४ प्रतिशत जनसंख्या आप्रवासीका रूपमा बसोबास गरिरहेकाले तिनको सुरक्षा, रोजगारी र आयआर्जनको सुनिश्चितता लगायतका चुनौतीको सामना गर्न विश्वको सामूहिक प्रयासको खाँचो परेको थियो । फलतः यातायात तथा सञ्चार क्षेत्रमा आएको नयाँ प्रविधि, औद्योगीकरण तथा विश्वव्यापीकरणको प्रभावले अन्तर्राष्ट्रिय रूपमै आप्रवासन बढेको हो । यसबाट नेपाल पनि प्रभावित छ । अहिले मुलुकको जनसंख्याको ठूलो हिस्सा विदेशमा छ । यसका साथसाथै विभिन्न देशमा अध्ययन, रोजगारी, व्यापार–व्यवसाय, पर्यटन तथा बसोबासकै लागि विदेशमा रहेका नेपालीको संख्या निकै बढेको छ ।
यसरी जन्मभूमि छाडेर अन्य देशमा बसोबास गर्न बाध्य जनसंख्याको सुरक्षा नेपालको चासोको विषय बनेको छ । जुन गन्तव्य मुलुकको विकास, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा गरेका प्रगति र त्यसबाट सुधार भएको जीवनस्तरले धेरै युवालाई विदेशतिर आकर्षित गर्ने गरेको छ । ती मुलुकले औद्योगिक, व्यापारिक क्षेत्रमा गरेको प्रगति र त्यसका कारण सिर्जना भएको रोजगारीका अवसर र आयको वृद्धिले पनि धेरैलाई तानिरहेको छ । अर्कातिर मुलुकभित्रको सीमित रोजगारीका अवसर, न्यून पारिश्रमिक र आय, न्यून आर्थिक वृद्धिदर, गरिबी तथा सामाजिक पछौटेपनले गर्दा मानिस राम्रो अवसरको खोजीमा बिदेसिन बाध्य बनेको छ ।
नेपाली युवालाई पनि यिनै दुई कारणले विदेशतिर आकर्षित गरिरहेका छन् । नेपाली श्रम बजारमा रोजगारीको अवसरको कमी, न्यून पारिश्रमिक, श्रमको कदर नगर्ने संस्कार, शिक्षा, सूचना र प्रविधिको विकास तथा युवामा बढ्दो महŒवाकांक्षाका कारण विदेश जाने व्रmम निरन्तर बढ्दो छ । यसबाहेक, अध्ययनलगायतका लागि बिदेसिनेको संख्या पनि ठूलो छ ।
यसरी बिदेसिने नेपाली युवाले पठाएको विप्रेषणले मुलुकको अर्थतन्त्र धानिएको छ । आ.व. २०७२÷०७३ मा कुल ६ सय ६५ अर्ब ६ करोड रुपैयाँ विप्रेषणबाट प्राप्त भएको थियो ।
यो रकम कुल गार्हस्थ्य उत्पादनको २९.६ प्रतिशत हो । विप्रेषणले नेपालको अर्थतन्त्रमा महŒवपूर्ण सकारात्मक योगदान दिँदै आएको छ भने यसबाट समाजमा परेको प्रतिकूल प्रभाव र यस क्षेत्रका समस्या पनि कम छैनन् । मुलुकको आर्थिक, सामाजिक क्षेत्रको विकासमा महŒवपूर्ण योगदान गर्ने वैदेशिक रोजगारीका नकारात्मक प्रभाव पनि कम छैनन् । नेपाली आप्रवासीहरूको कुरा गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक खुला नेपाल भारत सीमामार्फत अवसरको खोजीमा बाहिरिने आप्रवासीहरू तथा उनीहरूका मुद्दाहरू पनि सम्बोधन हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्