Logo

सन नेपाल लाइफ इन्स्योरेन्स र एनसीएचएलबीच सम्झौता

नेपाल क्लियरिङ हाउस र सन नेपाल लाइफ इन्स्योरेन्सबीच एनपिआइमा आबद्ध हुने सम्झौता भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सको विभिन्न भुक्तानीसम्बन्धी कारोबारलाई स्वचालित रुपमा गर्न सम्झौता भएको हो ।
सम्झौता पत्रमा इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
सम्झौताअन्तर्गत सन नेपाल लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसिएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपिआइ) सँग जोडी उपलब्ध विभिन्न भुक्तानी प्रणालीहरु प्रयोग गरेर डिजिटल माध्यमबाट भुक्तानी संकलन तथा खर्चको कारोबार स्वचालित रुपमा गर्न सक्नेछन् ।
एनपिआइमा जोडिएपछि सन नेपाल लाइफका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुनेछ ।
उक्त प्रणालीमार्फत सन नेपाल लाइफले आफ्नो बिमा लेखको भुक्तानी, बिमा दावी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानीलगायत आफ्ना लगानीसम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछन् ।
सन नेपाल लाइफका बिमितहरुले आफ्नो (प्रिमियम) बिमा शूल्क पनि अनलाइनमार्फत कनेक्ट आइपिएसबाट बैंक शाखाबाट वा सदस्य बैंक-वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकका वैकल्पिक च्यानल मार्फत् सजिलै तिर्न सक्ने बताइएको छ । यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीका बैंक खाताबाट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्