अग्निपीडितलाई सरसफाइका सामग्री «

अग्निपीडितलाई सरसफाइका सामग्री

युनिसेफको आर्थिक सहयोगमा हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेकले अग्निपीडितलाई व्यक्तिगत स्वच्छता सामग्री वितरण गरिँदै । फोटो जीवन सेजुवाल

मुगु – गएको कात्तिक २९ गते आगलागी पीडितहरूको व्यक्तिगत सरसफाइ तथा स्वच्छताका लागि सरसफाइका सामग्री सहयोग गरिएको छ ।
युनिसेफको आर्थिक सहयोगमा हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक मुगुको सहजीकारणमा अग्निपीडित ८० घरधुरीलाई व्यक्तिगत सरसफाइ तथा स्वच्छताका लागि सरसफाइका सामग्री सहयोग गरिएको हो ।
कात्तिक २९ गते आगलागीबाट १८ घर पूर्णरूपले क्षति भएका थिए । आगलागीबाट ६२ परिवार घरबाहल र व्यवसाय गरेका थिए । हिरिसडेक मुगुले आगलागीबाट क्षति भएका १८ घरधुरीलाई त्रिपाल, बकेटसहित व्यक्तिगत स्वच्छता सामग्री र अन्य ६२ घरधुरीलाई व्यक्तिगत स्वच्छता सामग्री उपलब्ध गराएको हिरिसडेक नेपालका संयोजक रमेशकुमार भामले बताएका छन् ।
हिरिसडेक मुगुले हामी अग्निपीडितलाई धेरैपटक खाद्यन्नलगायत अन्य सामग्री सहयोग गर्दै आएको छ । हिउँदको बेला चिसो बढेपछि अहिले भएका टेन्टभित्र शीत पस्ने गरेको यो पटक हिरिसडेकले त्रिपाल दिएको छ । यो त्रिपालले टेन्ट ढाकेर शीत रोक्न सकिने भयो साथै सरसफाइका सामग्रीसमेत दिएको छ । यसले अग्निपीडितको सरपसफाइमा ठूलो सहयोग गुग्ने अग्निपीडित ठेल्ले तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्