सप्तरीको गाउँब्लकमा जग्गाधनी पुुर्जा वितरण

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिकाको गाउँब्लकमा रहेका भू्मिहीनलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरेकी छन् । अग्नीसाइर कृष्णसवरण गाउँपालिका र तिरहुत गाउँपालिकाको गाउँब्लकमा रहेका सात सय घर परिवारलाई बुधबार र बिहीबार जग्गाधनी प्रमाण पुुर्जा वितरण गरेकी हुन् ।
जग्गा धनी प्रमाण पुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले यही पुुस मसान्तसम्ममा देशभरिका नापी भइसकेका गाउँब्लकका नागरिकलाई जग्गा वितरण गरिसक्ने बताइन् । उनले नापी भइसकेका गाउँब्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियान सुरु गरिएको र यस अभियानमा भूूमि भएर पनि भूूमिविहीन बनिरहेका कोही पनि छुुट्न नहुनेमा जोड दिँदै नापी हुन बाँकी गाउँब्लकको नापी गर्नका लागि पनि प्रक्रिया अगाडि बढिसकेको बताइन् ।
मन्त्री श्रेष्ठले भूूमिहीन दलित, सुकुुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग गठन गरेर काम सुुरु गरिसकेको र मुक्तहलिया, कमलरी, कमैयाको पक्षमा काम गर्न र उनीहरूको बस्तविकता अध्ययन गर्न कार्यदल बनाएर काम सुरु गरिसकेको पनि बताइन् ।
तल्ला तहका नागरिक र वास्तविक पीडितको आवश्यकता र आवाज सम्बोधन गर्नुपर्छ भनेर छिटो काम गर्न लामा र झन्झटिला प्रक्रिया छोट्याएर छिटोभन्दा छिटो काम गर्न लागेको पनि पनि उनले बताइन् । संविधानमा भएका नागरिकका हक कार्यान्वयन गर्न भूमिसँग जोडिएका समस्या समाधान गरेर समृद्ध मुलुक स्थापना गर्ने लक्ष्यमा आफूु प्रतिबद्ध भएर लागेको समेत उनले दाबी गरिन् ।
कार्यक्रममा नापी विभागका महानिर्देशक प्रकाश जोसीले अहिलेसम्म गाउँव्लकको नापी भएका जग्गाको पुुर्जा वितरण प्राथमिकतामा नपरेको भन्दै अहिले परिणम निक्लने गरी काम गर्न निर्देशन आएकाले त्यसैअनुसार विभागले काम सुुरु गरिसकेको बताए । यसैक्रममा यस अघि महोत्तरीको रामगोपालपुुरमा रहेका गाउँब्लकमा जग्गाधनी प्रमाण पुर्जा वितरण गरिसकिएको छ ।