संयुक्त विद्यार्थी संगठनले महेन्द्र बहुमुखी क्याम्पस प्रमुख भण्डारीको कुर्सी जलाए «

संयुक्त विद्यार्थी संगठनले महेन्द्र बहुमुखी क्याम्पस प्रमुख भण्डारीको कुर्सी जलाए

सर्वदलीय छलफल

सुनसरीको धरानमा रहेको महेन्द्र बहुमुखी क्याम्पस धरानका विद्यार्थीहरूले क्याम्पस प्रमुख दामोदर भण्डारीको कुर्सी जलाएपछि सम्बन्धित निकायको ध्यानाकर्षण भएको छ ।
क्याम्पसको जग्गा संरक्षण गर्न बेवास्ता गरेको भन्दै विद्यार्थी संगठनहरूले सोमबार क्याम्पस प्रमुख दामोदर भण्डारीको कुर्सी जलाएका हुन् ।भने संयुक्त विद्यार्थी संघर्ष समिति महेन्द्र बहुमुखी क्यापसको आयोजनामा राखिएको क्यापसको जग्गा बचाउ सार्वजनिक बहस कार्यक्रममा धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, धरान १० का वडाध्यक्ष श्री सुब्बा, धरान–११ का वडाध्यक्ष बाबुलाल तामाङ, पूर्वक्यापस प्रमुख चन्द्रकुमार राईलगायत अन्य शिक्षक, कर्मचारी र विद्यार्थी, राजनीतिकर्मी र समाजसेवीहरूले क्याम्पसको जग्गाको विषयमा चासो देखाएका छन् ।
बहस कार्यक्रलाई सम्बोधन गर्दे मेयर राईले भने ‘क्यापसको नाममा रहेको सार्वजनिक जग्गामा किर्ते मोही सृजना गरी मोहीयानी दाबी गरीएको र भूमाफिया लगायतको सेटिङप्रति नगरपालिका विरोध गर्छौं । क्याम्पसको सार्वजनिक सम्पत्तिको विरुद्धमा निकायले दिएको आदेशसँगै क्याम्पसको जग्गा हडप्न भूमिका खेल्नेभूमाफियाका विरुद्धमा कारबाहीको हुनुपर्ने मेयर राईको भनाई छ ।
नगरपालिकाको यस विषयमा गम्भिर रहेका छ,मालपोत कार्यालयको आदेशविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन गरी जग्गा बचाउन पहल गर्ने विश्वास दिलाउँदै मेयर राईले भने मोही पीडित हैन । अहिलेसम्म म सम्म आएको छैन् वकिल पनि राखेको छैन त्यसैले मोही अदृश्य रूपमा छ । क्याम्पस प्रमुखले जग्गा प्रकरणबारे स्थानीय सरकारमा हालसम्म पनि जानकारी नदिएकोमा मेयर राईले आपत जनाए । उपमहानगरपालिकाको तर्फबाट यस अन्याय विरुद्ध नैतिक, आर्थिक, राजनैतिक र सामाजिक सहयोग गरी उत्तरदायित्व वहन गर्ने विश्वास दिलाए ।
सोमबार अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, संघीय लिम्बुवान मञ्च, समाजवादी विद्यार्थी युनियनका विद्यार्थी संगठनहरू क्यापस परिसरमा भेला भएर क्यापस प्रमुखको कार्यकक्षको ताला फोडी कुर्सी जलाएर विरोध जनाएका हुन् । किनबेच भएको चार दशकपछि महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गामा मोहीको हकवाला निस्किए पछि सार्वजनिक सम्पत्तिमा मोहीको वहानामा भूमाफियाले हडप्न खोजेको भन्दै विरोध भइरहेको छ ।
धरान–११ स्थित क्याम्पसले भोगचलन गरिरहेको कित्ता नम्बर २ सय ६६ को १७ कट्ठा १८ धुर जग्गाको स्रेस्तामा स्वर्गीय मोही डम्बरबहादुर घिमिरे थिए । करिब ३ वर्षअघि मृतक घिमिरेका छोरा यज्ञबहादुर क्षेत्रीले भूमिसुधार कार्यालय इनरुवामा मोही हक नामसारीको निवेदनपछि क्याम्पसले मोही लगत कट्टाको निवेदन दिएको थियो ।
सहायक क्याम्पस प्रमुख शकुल क्षेष्ठका अनुसार जग्गाको सर्जिमिन भएपछिका अन्य कुनै पनि कुराहरूमा आफूलाई क्याम्पस प्रमुख भण्डारीले जानकारी नगराएको बताउँदै उनले भने म सुन्न योग्य थिइन वा भित्रीरुपमा केही चलखेल भएको आफू नै जानकार नभएको उनको भनाइ थियो । मंगलबार सर्वदलीय छलफले गरेको निर्णयमा आफू सहमत भएर जग्गा बचाउन लागी पर्ने बताए ।
पूर्व क्यापस प्रमुख चन्द्रकुमार भने उपमेयर भण्डारीलाई २०७५ साल काक्तिक २० गते हाम्रो सहभागितामा क्याम्पसको जग्गाको सर्जिमिन नर्गनु भनी अनुरोध गर्दा पनि उपमहानगरले क्याम्पसलाई जानकारी नदिइकन एकलौटी मंसिर २५ मुचुल्का गरेको बताए ।
पूर्वकार्यवाहक हालकी उपमेयर भण्डारीले सर्जिमिन मुचुल्का गर्दा चलखेल गरेको गतबर्ष धरान उपमहानगरपालिकाले क्याम्पसको उक्त जग्गा जोतभोग कस्ले गरिरहेको छ भनेर सर्जमिन मुचुल्का गरी सक्कलप्रति नै बीचैमा गायब भएको थियो । यसले पनि क्याम्पसको जग्गा हत्याउन ठुलै चलखेल भइरहेको भन्ने पुष्टि हुन्छ ।१९ चोटी सम्म तारिख धाएको तारिख भर्पाइमा उल्लेख छ । यसरी पटक–पटक पेशी तोकिदा वा पेसी सार्दा पनि क्याम्पसले कानुनी सल्लाहकार नतोकेको र मुद्या जित्ने वातावरण नबनाएको भन्दै क्याम्पस प्रशासनप्रति बुद्रोष लिम्बुले आक्रोश व्यक्त गरे ।
बहस कार्यक्रममा बोल्दै वडाध्यक्ष बाबुलालले भने, ‘२०७५ अशोजमा क्याम्पसको जग्गा व्यक्तिको नामसारी गर्न नमानेको र राजश्वमा जम्मा भएको ५ सय ३० पनि आफ्नो गोजीबाट झिकेर दिएको बताउँदै बाबुलालले भने मैले २ महिना सिफरिस रोकेको थिए तर, उपमेयर भण्डारी कै आदेशमा सिफारिस दिएको हुँ ।’
नेपाल कम्युनिष्ट पार्टी विप्लप धरान नगर कमिटीका इन्र्चाज दिपेश राई क्याम्पसको तलब लिने र त्यहाँका कर्मचारी वा शिक्षकले हामीलाई थाहा भएन भन्न नमिल्ने बताउँदै भने विद्यालयलाई जग्गा पहल गर्नु पर्ने तर, उल्टै जग्गा अरूलाई दिन लागि पर्ने वडाध्यक्ष र उपमेयर पनि यस विषयमा विद्यालयको जग्गा दलाल नै सावित भएको बताए । हाम्रो जग्गा हामी संरक्षण गरौ अभियानमा लागेर जग्गा पुनः क्याम्पसको स्वामित्वमा ल्याउन र पूर्वविद्यार्थी संगठन बनाएर बनाएर लाग्नु पनि अनुरोध गरे ।
समाजवादी पार्टीका नगर अध्यक्ष ताजुव लिम्बूले भने, ‘सार्वजनिक जग्गा संरक्षण गर्ने पहिलो अधिकार पहिलो निकाय स्थानीय तह नै हो तर, यहाँबाट नै जग्गा प्रकारणमा उपमेयर र वडाध्यक्ष र क्याम्पस प्रमुख पनि गैरजिम्मेवार रहेको आरोप लगाए ।’
सार्वजनिक विदाको दिन जग्गाको फैसला किन भयो ? क्याम्पस प्रशासनले किन कुनै पनि राजनैतिक दलहरूलाई आवहान् गरेन ? यदि यसरी सार्वजनिक जग्गा भूमाफियाको चलखेलमा व्यक्तिको नाममा नामसारी गर्न सफल भए भने धरानका कुनै जग्गा नरहने कुरामा समेत आपत्ति जनाए ।
नेपाली कांग्रेस धरान नगरका अध्यक्ष श्याम पोखरेलले भने ‘२ वर्षदेखि उपमेयर पनि जग्गा दलाल गर्दे आएकाले उपमेयरले वडाअध्यक्षलाई दबाब दिएको त्यो कुरा स्पष्ट छ । अब यस्तो कमजोरीहरूलाई लुकाउन दिनुहँुदैन । सार्वजनिक जग्गा व्यक्तिलाई भोगचलन गर्न हामी दिँदैनौ ।
आफू कुनै पनि दबावमा नपरेको मोहीले आफ्नो नैसर्गिक अधिकार खोज्दै आउँदा सिफारिस दिने हाम्रो काम हो हामीले त्यही काम गरेका हौ भूमिसुधारले सार्वजनिक विदाका दिन फैसला गरेर क्याम्पसलाई अन्याय गरेको छ हामी अब सार्वजनिक जग्गा कुनै हालतमा व्यक्तिको नाममा जान नदिने उपमेयर भण्डारीको भनाई छ ।
क्याम्पस प्रमुख भण्डारीले भने भूमिसुधारले क्याम्पसलाई वकिल राखेर वहस गर्ने मौकासमेत नदिएको आरोप लगाउछन् । उनले भूमिसुधारले एकतर्फी फैसला गरेको र त्यसमा वद्नियत रहेको दाबी पनि गरे । प्रमुख भण्डारीका अनुसार भूमिसुधारले दिएको सबै तारेख र पेशीमा क्याम्पसका प्रतिनिधि गएका छन् । तर, भूमिसुधारले मुद्दाको फैसला हुने दिन अन्तिम पेसी हो भनेर जानकारी नदिई फैसला गरेको भण्डारीको दाबी छ ।
फैसला गर्नुअघि दुवै पक्षको वहस सुनेर मात्र गर्नुपर्नेमा वदनियतपूर्ण तरिकाले फैसला गरेको र मुद्दाको फैसला लेख्दा पनि प्रतिवादी क्याम्पसको तर्फबाट भएको बहस, दाबी केही उल्लेख नगरिएकोबाट नै प्रष्ट हुने भण्डारीले बताए ।
भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीले भने क्याम्पस प्रशासनले मुद्दामा गम्भीरता नदेखाएको आरोप लगाउँछ । भूमिसुधार प्रमुख षडकुमार पोखरेलले मोहीको पक्षमा स्पष्ट प्रमाणहरू भएको र मुद्दाप्रति क्याम्पस प्रशासन पनि गम्भीर नदेखिएको बताउँदै उनले भने हामीले त कागजपत्रको आधारमा जे देखियो, त्यही फैसला गरेको हौं ।

प्रतिक्रिया दिनुहोस्