ढाका कपडा प्रदर्शनी तथा सम्मेलन स्थगित «

ढाका कपडा प्रदर्शनी तथा सम्मेलन स्थगित

आगामी पुस पहिलो साता काठमाडौंमा हुने भनिएको ढाका कपडा तथा अल्लोका वस्तुहरुको प्रदर्शनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरुको सम्मेलन स्थगित गरिएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघले पुस २, ३ र ४ गते प्रदर्शनी आयोजना गर्ने पूर्व निर्धारीत कार्यक्रम रहेको थियो ।
सम्मेलन आयोजक समितिका संयोजक रमेश श्रेष्ठका दाजु तथा नेपाल घरेलु तथा साना उद्योग महासंघका पूर्व उपाध्यक्ष सुवर्णकुमार श्रेष्ठको निधन भएकोले अर्को सूचना प्रकाशित नभएसम्मका लागि प्रदर्शनी तथा सम्मेलन स्थगित गरिएको महासंघले जानकारी गराएको छ । प्रदर्शनी तथा सम्मेलनमा सहभागी हुन नाम दर्ता गराइसकेका उद्यमीहरुलाई केही सयमपछि हुने प्रदर्शनी तथा सम्मेलनमा सहभागी गराइने पनि महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्