उद्योग वाणिज्य महासंघ र त्रिविबीच सहकार्य «

उद्योग वाणिज्य महासंघ र त्रिविबीच सहकार्य


नेपाल उद्योग वाणिज्य महासंघ र त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टबीच संस्थागत सहकार्य हुने भएको छ । यसका लागि दुवै संस्था इण्डष्ट्री एकेडेमिया मञ्च गठन गरी सहकार्य गर्न सहमत भएका छन् ।
महासंघको वस्तुुगत परिषद् र सोमटुुले गरेको छलफलमा दुवै पक्षबीच सो प्रतिवद्धता व्यक्त भएको हो । महासंघका अध्यक्ष शेखर गोल्छाले विद्याविद्यालयसँग सहकार्य गर्न तयार रहेको बताए । उनले विश्वविद्यालयसँगको सहकार्यले मुुुलुुकको समृद्धिको सपना साकार पार्न सकिने विस्वास व्यक्र गरे ।
महासंघले साना तथा मझौला उद्योग, स्टार्टअप, मेड इन नेपाललगायतका अभियानलाई विशेष जोड दिई अगाडि बढाएकाले यसका लागि दक्ष जनशक्ति आवश्यक रहेको उनले बताए । यो सहकार्यले जनशक्ति विकासमा विश्वविद्यालयले महत्वपूर्ण सहयोग गर्ने अध्यक्ष गोल्छाले बताए । उनले यसका लागि दुवै संस्थाबीच स्थायी खालको संरचना तयार गरेर जानुपर्नेमा जोड दिए ।
सो अवसरमा सोमटुुले तयार गरेको नयाँ पाठ्यक्रमका बारेमा पनि छलफल भएको थियो । उक्त पाठ्यक्रममा व्यवसायीहरुले पनि सुझाव दिएका छन् ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डिन दिनेशमणी घिमिरे ले निजी क्षेत्रको ठूलो संस्थासँग व्यावसायिक दक्षताका लागि सहकार्य गर्न विश्वविद्यालय तयार रहेको बताए । उनले विश्वविद्यालयले तयार पारेको दक्ष जनशक्तिको प्रयोगले आर्थिक समुन्नतीका लागि कोशेढुंगा सावित हुने विस्वास व्यक्त गरे ।
विश्वविद्यालय अनुुदान आयोगका पूर्व सदस्य सचिव एवं व्यवस्थापन संकायका पूर्व डिन प्राध्यापक डा देवराज अधिकारीले नेपालको आर्थिक विकासमा निजी क्षेत्रको प्रयासमा प्राज्ञिक क्षेत्रबाट सहयोग गर्न विश्वविद्यालय तयार रहेको बताए ।
महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले विश्वविद्यालयले दिने शिक्षा व्यवहार उपयोगी, मुुलुकको उद्योग व्यवसाय, सीप विकासमा केन्द्रीत, उच्च प्राविधिक ज्ञान दिने खालको हुुनुुपर्ने बताए ।
वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष अन्जन श्रेष्ठले लक्ष्मी र सरस्वतीको यो संयुक्त प्रयासलाई सफल पार्नुसके प्राज्ञिक क्षेत्र, उद्योग व्यवसाय क्षेत्र, समाज र सिंगो राष्ट्रले नै लाभ उठाउन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्