कास्कीमा बस दुर्घटनामा परी चालकको मृत्यु, ८ जना घाइते «

कास्कीमा बस दुर्घटनामा परी चालकको मृत्यु, ८ जना घाइते

पोखरा – कास्कीमा आज (मंगलबार) यात्रु बाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका ३ पाउदुर घुम्ती स्थित पोखरा बागलुङ सडकखण्डमा बागलुङ तर्फ जार्दै गरेको लु१ख ७७६६ नम्बरको बस चालक भूपनाथ खनाल(भुपेन्द्र) को मृत्यु भएको कस्की प्रहरीले जनाएको छ ।
उक्त बस दुर्घटनामा परी ८ जना घाइते भएका छन् । उनीहरु हाल खतरा मुक्त भएको कास्की प्रहरी प्रवक्ता (डिएसपी) सुन्दर तिवारीले बताए ।भैरहवाबाट बागलुङ तर्फ जार्दै गर्दा मंगलबार बिहान करिब ६ः५० बजे बस दुर्घटनामा परी पाल्पा घर भएका ४५ बर्षीय बस चालक खनालको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारकै क्रममा बिहान ९ः०० बजे मृत्यु भएको उनले जनाए । उक्त दुर्घटना हुन साथ प्रहरी सहितको स्थानियको टोलीले उनलाई बसमा च्यापिएको अबस्थाबाट उद्धार गरी अस्पताल पुर्याइएको उनले जनाए ।
उक्त बस दुर्घटनामा परी घाइते हुनेहरुमा बागलुङ ६ लहरे पीपल बस्ते २९ बर्षका शिवराम शर्मा, बालगुङ ठुलढुंगा बस्ते ४८ बर्षका कृष्ण खड्का, बालगुङ १४ बलेवाका २५ बर्षीय राजु श्रेष्ठ, राजुकै बाबु ८५ बर्षीय उमलाल श्रेष्ठ, बागलुङ आवारोडकी ४२ बर्षीया सुवर्णा सापकोटा, पर्वत फलेवास ४ का ३५ बर्षीय सुर्य तिवारी, चितवन भरतपुर ३ राम्जाली मार्गका २३ बर्षीया साधना उपाध्याय, र अन्नपुर्ण गाउँपालिका ३ पाउदुर बस्ने माया बि.क.रहेकी छन्। उनीहरुको हात, खुट्टा, टाउको र शरीरमा चोट भएको डिएसपी तिवारीले जनाए । उनीहरुको फिस्टेल र गण्डकी मेडिकल कलेजमा उपचार भएको छ । उक्त घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्