उद्यमी मनिष अग्रवालको निधन «

उद्यमी मनिष अग्रवालको निधन

उद्यमी मनिष अग्रवालको निधन भएको छ । ब्लड क्यान्सरबाट पीडित अग्रवालको आइतवार विहान भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा ४५ वर्षको उमेरमा निधन भएको हो । अग्रवाल नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य तथा त्यसअन्अन्तर्गतको निर्यात समितिका सभापति थिए ।
उनको मेडिकल कलेल, प्लाष्टिक उद्योग, सुगर मिल लगायतमा लगानी गरेका थिए ।
जतिबेला श्रम समस्याले मुलुक आक्रान्त थियो, त्यस अवस्थालाई सहज अवतरण गराउन मनिष अग्रवालमाथि कुशकुमार जोशी र प्रदीपजंग पाण्डेले भरोसा गर्थे। पशुपति मुरारका नेपाल उद्योग वाणिज्य महासंघको अभ्यक्ष हुँदा उनले मुरारकाको दाहिने हात नै भएर काम गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्